प्रधानन्यायाधीश जबरा र बारका प्रतिनिधिबीच छलफल शुरु

<span class='c1'>प्रधानन्यायाधीश जबरा र बारका</span> <span class='c2'>प्रतिनिधिबीच छलफल शुरु</span>

काठमाडौं ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र नेपाल बार एशोसिएशनका प्रतिनिधिबीच भेटवार्ता शुरु भएको छ ।
आइतबार बिहान प्रधानन्यायाधीश जबरालाई भेट्न बारका प्रतिनिधि सर्वोच्च पुग्नुभएकाे थिए । अहिले प्रधानन्यायाधीश र बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीबीच छलफल भइरहेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बताउनुभयो ।

शुक्रबार बारले गोलाप्रथाबाट पेशी सूची तोक्ने समय सीमासहित प्रतिबद्धता जनाउन सर्वोच्चलाई १५ दिनको समय दिएको थियो ।
न्यायाधीश हरिकृष्ण कार्कीकाे नेतृत्वमा गठित न्यायालयका विकृति नियन्त्रणका उपाय सुझाउने समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न बारले १५ दिने समयसीमा दिएको हो । उक्त प्रतिवेदनमा गोलाप्रथाबाट पेशी तोक्न सुझाव दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्