पत्निको स्मृतिमा समाजसेवी भट्टराईद्वारा कुलवंश प्रतिष्ठानलाई ४ लाख बढी रकम हस्तान्तरण

<span class='c1'>पत्निको स्मृतिमा समाजसेवी भट्टराईद्वारा कुलवंश प्रतिष्ठानलाई</span> <span class='c2'>४ लाख बढी रकम हस्तान्तरण</span>

विराटनगर।

इटहरीका समाजसेवी दिनेश भट्टराईले धर्मपत्नि कमला भट्टराईको स्मृतिमा भट्टराइ कुल वंश प्रतिष्ठानको अक्षयकोषलाई ४ लाख ११ हजार ५ सय ५५ रुपैयाँ रकम प्रदान गर्नुभएको छ ।

धर्मपत्नी कमला भट्टराईको बार्षिक पुण्य तिथिको अवसरमा भट्टराइ कुल वंश प्रतिष्ठान सुनसरीले आयोजना गरेको श्रद्धाञ्जली तथा अक्षयकोषमा रकम हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईलाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

समाजसेवी दिनेश भट्टराई, भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।कार्यक्रममा प्रेमप्रसाद भट्टराईले १ लाख ५१ हजार रुपैयाँ, दयाराम भट्टराईले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, सोमनाथ भट्टराईले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रतिष्ठानको सुनसरी जिल्ला शाखाको तर्फबाट १ लाख रुपैयाँ, चुडामणी भट्टराईले १ लाख रुपैयाँ, र हरि भट्टराईले ५५ हजार ५ सय ५५ रुपैयाँ रकम अक्षय कोषका लागि उपलब्ध गराउनुभएको भट्टराई कुलवंश प्रतिष्ठान सुनसरीका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

दुई करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको प्रतिष्ठानका अध्यक्ष शेर वहादुर भट्टराईले जानकारी दिनुभयो । हाल सम्म कोषमा ३५ लाख रुपैयाँ रकम जम्मा भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्