काठमाडौं
सर्वोच्च अदालतका १४ न्यायाधीशको छलफल आज साेमबार पनि जारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कदमलाई लिएर असन्तुष्ट बनेका सर्वोच्चका १४ न्यायाधीशको बैठक बसिरहेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।
आइतबार प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँगको सहमतिमा आज फुलकोर्ट बोलाउनुभएको थियो । यद्यपि, न्यायाधीशहरुको छलफलपछि फुलकोर्ट बैठक बस्ने–नबस्नेलगायत थप निर्णय हुने बताइएको छ ।
प्रधानन्यायाधीश जबराले एजेण्डामा छलफल नै नगरी नेपाल बार एशोसिएसनका पदाधिकारीलाई आमन्त्रण गरेर बैठक बोलाएपछि १४ जना न्यायाधीशहरू असन्तुष्ट बन्नुभएकाे थियाे ।