राष्ट्रिय सभाको निर्वाचनबारे प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल

<span class='c1'>राष्ट्रिय सभाको निर्वाचनबारे प्रधानमन्त्री</span> <span class='c2'>र आयोगका पदाधिकारीबीच छलफल</span>

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच निर्वाचनबारे छलफल भएको छ । सोमबार प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित सदस्यबीच पहिलो चरणमा छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

पहिलो चरणमा आज भएको छलफलमा आगामी फागुनमा रिक्त हुने राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन गर्ने र मिति तोक्नेलगायत अन्य विविध विषयमा छलफल भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
‘निर्वाचनबारे पहिलो चरणको छलफल आज भएको छ । यसबारे थप छलफल हुन बाँकी छ,’ उहाँले भन्नुभयो,‘अर्को छलफलका लागि अहिले मिति तय भएको छैन । एक–दुई दिनभित्र तय हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्