भाटभटेनीद्धारा १४ लाख बराबरको चामल मोरङका बाढी पिडितलाई

<span class='c1'>भाटभटेनीद्धारा १४ लाख बराबरको</span> <span class='c2'>चामल मोरङका बाढी पिडितलाई</span>

विराटनगर । भाटभटेनी सुपर मार्केट एण्ड डिर्पाटमेन्टल स्टोर प्रालीले जिल्ला प्रशासन कार्यलय मोरङको जिल्ला दैवीप्रकोप कोषलाई १४ लाख बढीको चामल प्रदान गरेको छ ।


निरन्तर ३ दिन सम्म भारी बर्षाका कारण तराईका अधिकास भाग डुवानमा परेसँगै धेरै जना बाढी पिडित हुन पुगे । त्यसै अन्तर्गत सामाजिक उत्तर दायित्व वहन गर्दै भाटभटेनी सुपर मार्केटले राहत स्वरुपमा ८४० बोरा चामल कोषलाई प्रदान गरेको हो ।
गत कातिक १ गते रातीदेखी ३ गते विहान सम्म बेमौसी बर्षाका कारण तराईका अधिकास घरहरु डुवानमा परे । उता पहाडी क्षेत्रमा पहिरोले त्यति कै मात्रामा क्षति पुर्यायो । ३ दिन सम्म निरन्तर परेको बेमौसी बर्षाले गर्दा धेरैको धनजनको क्षति हुन पुग्यो भने धेरै जना घरविहीन हुन पुगे ।

यसैविच मोरङ जिल्लाका बढी बाढी प्रभावित क्षेत्रका बाढी पिडितलाई २५ केजीको ८४० बोरा चामल राहत स्वरुप दैवीप्रकोप कोषलाई चामल प्रदान गरिएको भाटभटेनी सुपरमार्केट विराटनगरकी शाखा प्रवन्धक सरिता राईले जानकारी दिनुभयो । यता भाटभटेनी यहाँसम्म आउनुको कारण नै आमजनता(उपभोक्ता )हुन्, “उपभोक्तालाई समस्या परेका बेला सहयोग गर्नु हामी व्यवसायीको कर्तव्य रहेको भाटभटेनी सुपर स्टोरका प्रवन्ध निर्देशक– मीन वहादुर गुरुङ्ले बताउनुभयो ।
बेमौसमी बर्षाले मोरङ जिल्ला पनि बढी प्रभावित भएको र अहिलेसम्मको प्रारम्भीक तथ्याङक अनुसार २ जनाको मृत्यु र २ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यलय मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिनुभयो । उनीहरुको खोजी कार्यलाई निरन्तर दिईरहेको दाहालले बताउनुभयो । विशेष गरी मोरङका दक्षिणी क्षेत्रमा बढी बाढीले क्षति पुर्याएको उहाले बताउनु्भयो । जिल्ला दैवी प्रकोव उद्धार समिति, स्थानिय तह , वडा कार्यलय , नगरपालीका , महानगरपालीकामा बसोबास गर्ने बाढी पिडितहरुको लागी विभिन्न संघसस्था उद्योगहरुले राहत सामाग्री वितरण गरिरहेको प्रजिअ दाहालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्