कुष्ठरोग प्रभावित लक्षित कोभिड–१९ सहयोग परियोजना सम्पन्न

<span class='c1'>कुष्ठरोग प्रभावित लक्षित कोभिड–१९</span> <span class='c2'>सहयोग परियोजना सम्पन्न</span>

विराटनगर । कुष्ठरोग प्रभावित व्यक्तिहरुका लागि प्रदेश नं. १ को तीन जिल्लामा सञ्चालित कोभिड–१९ सहयोग परियोजना सम्पन्न भएको छ ।

एसोसिएशन फर आइडिया नेपालको नेतृत्वमा सन् २०२० को नोभेम्बरदेखि सञ्चालनमा आएको उक्त परियोजना यही महिनादेखि सम्पन्न भएको हो । मंंगलबार मोरङको बुढीगंगा–२ स्थित टंकीसिनवारी स्वास्थ्य चौकीमा एक कार्यक्रमको आयोजना गरि परियोजना बारे जानकारी दिईएको छ । जानकारी अनुसार प्रदेश नं. १ को मोरङ, सुनसरी र झापामा उक्त परियोजना सञ्चालन भएको थियो । परियोजनाले कमजोेर आर्थिक स्थिति भएका यी तीन जिल्लाका १ सय बढी कुष्ठरोग प्रभावित व्यक्तिहरुको परिवारलाई सहयोग पुर्‍याएको छ । परियोजना मार्फत् कुष्ठरोग प्रभावितका छोराछोरी समेत लाभान्वित भएका छन् । परियोजनाले उनीहरुको अध्ययन अध्यापनमा सहयोग पुर्‍याएको छ । कोरोना महामारीका कारण सिर्जित खाद्यान्न अभावलाई समेत पुर्ति गर्न परियोजनाले मुख्य भुमिका खेलेको जनाईएकोे छ ।

महामारीका कारण बेरोजगार भएका कुष्ठरोग प्रभावितहरुलाई स्वरोजगार उन्मुख बनाउने उद्देश्य सहित ४० जना व्यक्तिहरुलाई २५ हजारका दरले बिऊ पुँजी समेत उपलब्ध गराईएको परियोजना संयोजक देबेन्द्र डंगोलले बताए । कुष्ठरोग प्रभावित परिवारका छोरोछोरीको अध्ययन अध्यापनमा सहयोग पु¥याउन शिक्षण शुल्क, पोशाक र झोला तथा अन्य शिक्षण सामाग्री सहितको खर्च जुटने गरि १ सय जनालाई ६ हजार ५ सयका दरले छात्रवृति समेत प्रदान गरिएको उनले जानकारी दिए ।

द लेप्रोसी मिसन नेपालको प्राविधिक सहयोग रहेको परियोजनाले कुष्ठरोग प्रभावित व्यक्तिहरुले सामना गर्नुपरेका समस्या र चुनौतीहरुमा पनि समन्वयात्मक भुमिका खेलेको छ । सरोकारवालासँगको समन्वयमा कुष्ठरोग प्रभावित व्यक्तिहरुलाई समाजले हेर्ने परम्परागत दृष्टिकोणमा परिवर्तन ल्याउन परियोजनाले आवश्यक सहयोग गरेको छ । कोभिडका कारण भएको नोक्सानी र मानसिक स्वास्थ्यमा पर्न गएको असरलाई समेत न्युनीकरण गर्न परियोजना लाभदायक साबित भएको इन्टरनेशनल आइडियाको ग्लोबल नेटवर्क कोर्डिनेटर अमर बहादुर तिमल्सिनाले बताए । उनले कुष्ठरोग प्रभावित व्यक्तिहरुको सम्मानपुर्ण जीवनको पैरवी गर्न परियोजनाबाट प्राप्त सहयोग उल्लेखनीय रहेको जानकारी दिए ।

कुष्ठरोग प्रभावित व्यक्तिहरुका लागि कोभिड–१९ सहयोग परियोजनालाई भने जापानको सासाकावा हेल्थ फाउण्डेशनले आर्थिक सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्