विभिन्न घटनामा दुईको मृत्यु

<span class='c1'>विभिन्न घटनामा</span> <span class='c2'>दुईको मृत्यु</span>

काठमाडौँको छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ । दुवै घटना यहाँको गोकर्णेश्वर नगरपालिकामा भएको हो ।

उक्त नगरपालिका–५ जोरपाटीस्थित सडकमा बा६३प ६२०४ नम्बरको स्कुटरलाई बा२ख १३८ नम्बरको ट्याङ्करले आज ठक्कर दिँदा स्कुटर चालक सोही नगरपालिका–४ माकलबारीका ४४ वर्षीय गङ्गाराज राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार उनकी छोरी १९ वर्षीया सुष्मा राईको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङकर चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैबीच काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा एक महिलाको आज सुतेकै अवस्थामा मृत्यु भएको छ । सोही ठाउँमा डेरा गरी बस्ने सङ्खुवासभा मकालु गाउँपालिका–१ घर भएकी ३५ वर्षीया सञ्जु तामाङ सुतेको ठाउँमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुुसन्धान भइरहेको जनाइएको छ ।

यता प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का अनुसार बैंकिङ कसुरमा संलग्न रहेको आरोपमा काभ्रेका सुमन खरेललाई पक्राउ गरिएको छ । उनले एक बैंकको रु एक करोड ७९ लाख बैंकमा जम्मा गर्नुपर्ने रकम जम्मा नगरी बैंकको सम्पत्ति अपचलन गरेको आरोपमा पक्राउ गरिएको सिआइवीका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

उच्च अदालत पाटनबाट म्याद थप गरी उनको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खरेल सिन्धु विकास बैंकका शाखा प्रमुखसमेत भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्