बीमाको रकम तत्काल निकासा गरिदिन मन्त्रीसँग कोसी अस्पताल प्रशासनको आग्रह

<span class='c1'>बीमाको रकम तत्काल निकासा गरिदिन</span> <span class='c2'>मन्त्रीसँग कोसी अस्पताल प्रशासनको आग्रह</span>

्विराटनगर । बीमाको भुक्तानी रोकिँदा कोसी अस्पताल विराटनगरमा उपचार गराउन आउने बिरामी सहुलियत लिनबाट बन्चित भएका छन् । स्वास्थ्य बीमा बोर्डबाट पछिल्लो तीन महिनायता बीमा वापतको रकम अस्पतालमा नपठाउँदा बिरामीले पाउने सुविधा कटौती भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा बुधबार आकस्मिक रुपमा कोसी अस्पतालको निरीक्षणमा आउँदा समेत अस्पताल प्रशासनले गुनासो राखेको थियो । कोसी अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा.चुमनलाल दासका अनुसार स्वास्थ्य बीमा वापतको रकम तीन महिनायता आएको छैन । मन्त्री खतिवडासँग समेत त्यहि विषयमा ध्यानाकर्षण गराइएको थियो ।

अस्पतालमा नयाँ भवन बनिरहेकाले अहिले पूर्वाधार अभावका कारण समेत सेवाप्रवाहमा समेत समस्या भईरहेको अस्पताल प्रशासनले गुनासो गरेको थियो । कोसी अस्पतालको पुरानो भत्काएर ३३ करोडको लागतमा नयाँ भवन निर्माणाधिन प्रक्रियामा रहेको छ । यसैगरी अस्पतालमा स्वास्थ्य जनशक्ति अभाव रहेको भन्दै तत्काल सम्बोधन गरिदिन माग गरिएको छ । अस्पतालले पठाएको ओएनएम सर्भेका आधारमा जनशक्ति व्यवस्थापन मिलाउन मन्त्रीसँग आग्रह गरिएको छ ।

अस्पताल प्रशासनको गुनासोपछि मन्त्री खतिवडाले बीमा भुक्तानी र दरबन्दी अनुसारको कर्मचारीको समस्या देशभरैकै रहेकोले त्यसको सम्बोधन गरिने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । उहाँले कोसी अस्पतालको पूर्वाधार निर्माणको कामलाई तिव्रता दिनका निर्देशन समेत दिनु भएको थियो । निर्माणाधिन चरणमा रहेको संरचना तोकिएकै मितिमा सम्पन्न हुनुपर्ने मन्त्री खतिवडाको आग्रह थियो ।
यसैगरी मोरङको रंगेली अस्पतालमा समेत आवश्यक जनशक्ति तत्काल खटाउने प्रतिवद्धता मन्त्री खतिवडाले गर्नु भएको छ । रंगेली अस्पतालमा विशेषिकृत सेवा प्रवाह हुँदा कोसी अस्पतालमा केहि सहज हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्