इ-लर्निगं परिवार स्याटसम : घरबाटै अनलाइन तयारी कक्षा गर्न सकिने

इ-लर्निगं परिवार स्याटसम : घरबाटै   अनलाइन तयारी कक्षा गर्न सकिने

विराटनगर।

आकृति रानी फुयल।

नेपालको सबैभन्दा ठुलो इ-लर्निगं परिवार स्याटसमले विद्यार्थीहरुका लागि घरबसेरै डाक्टर, इन्जिनियर र नर्सको तयारी कक्षा लिन सकिने सुविधा ल्याएको छ ।

प्लस २ पछि मेडिकल, नर्सिङ्ग , इञ्जिनियरिङ्ग लगायत विभिन्न विषयहरुको तयारि कक्षाको स्याटसम विध्यार्थीहरुको रोजाइमा पर्दै आएको बताइएको छ।
प्रवेश परीक्षा तयारीमा असाध्यै धेरै प्रतिस्पर्धा हुने भएकाले विद्यार्थिहरुले आफ्नो भविष्यको करियर तयारि स्मार्ट तरिकाले पुरा गर्न सक्नेछन् । विद्यार्थीहरुले अनलाइन मार्फत मेडिकल , नर्सिङ्ग, इञ्जिनियरिङ्गको इन्ट्रान्स तयारि, अनलाइन बाटै लेक्चर नोट्स साथै मक परीक्षा गराउने गरिन्छ जसको नतिजा हेरेर दैनिक आफ्नो अध्यनलाई थप सुधार गर्दै लाने गर्दछन्।

उछ शिक्षा अध्यनका लागि प्रवेश परीक्षा तयारी गर्ने गरिन्छ तर सबैको काठमाण्डौ आउने बस्ने पहुँच पुग्दैन त्यसैले अहिले आएर प्रविधीले कुराहरु सहज बनाइदिएको हुनाले आफुहरुले यस्तो व्यवस्था गरेको स्याटसमले घरबसेरै डाक्टर, इन्जिनियर र नर्सको अनलाइन तयारी कक्षा गर्न सकिने बताएको छ।

करिब १० हजार भन्दा धेरै प्लस २ विज्ञान संकायका बिद्यार्थीहरु दैनिक यस स्याटसममा अध्ययनका लागि जोडिने गरेका छन्।

स्याटसम नाम दिइएको यस प्रविधिमार्फत प्लस टु साइन्सका विद्यार्थीहरु देखि नेपाल नर्सिङ काउन्सिलले लिने नर्सिङ लाइसेन्स
परीक्षाका तयारी गर्ने विद्यार्थीहरु पनि अध्ययनरत छन् । विद्यार्थीहरुले रजिष्टर गरेर आफ्नो इमेलमा आएको सन्देशलाई भेरिफाई गरेर न्यून शुल्कमा हजारौं मल्टीपल च्वाइस प्रश्नहरु, भिडियो लेक्चर, मक परीक्षा, लेक्चर नोट्सहरु लगायत पहुँच गर्न सक्नेछन् ।

सयौं वर्षदेखि परिवर्तन हुन नसकेको हाम्रा शिक्षण विधिहरु, कक्षाकोठाका डेस्क बेन्च लगायत शैक्षिक संरचनाहरु, विद्यालयको स्वरुप, पुस्तकहरु अनि अभ्यास पुस्तिकाका स्वरुप र गृहकार्य बुझाउने तवरहरुसम्म अब परिवर्तन हुनेवाला छ । त्यसैगरी विश्व अनि समाजका संरचनाहरुले नयाँ स्वरुपमा फड्को मार्न सक्ने सम्भावनासहित कोरोना कहर सहश्राब्दीकै अहिले सम्मको सबैभन्दा धेरै त्रास बोकेर आएको छ । मोबाइलमा घोत्लिएर बस्ने पुस्तादेखि अभिभावकहरु आजित भइसके भनेर त निकै सुनिन्छ तर के यी पुस्तालाई हामीले शैक्षिक
संयन्त्रहरु अनलाइनमा दिन सकेका छौं ?

हामीले सोच्नुपर्ने बेला आएको छ, हाम्रो छोराछोरीले गेम खेल्न, भिडियो हेर्न र गीत सुन्न मात्र प्रविधिको प्रयोग गर्ने या पढ्न र नयाँ कुराहरु सिक्न पनि त्यहाँ अवसर पाउने कुराको जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्