जनगणना सफल पार्न आग्रह

<span class='c1'>जनगणना सफल</span> <span class='c2'>पार्न आग्रह</span>

गोरखापत्र समाचारदाता

काठमाडौँ गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले राष्ट्रिय जनगणना–२०७८ सफल पार्ने कार्यमा सक्रिय भूमिका निर्वाह गर्न सबै गाउँपालिकालाई आग्रह गरेको छ ।

विज्ञप्ति जारी गर्दै महासङ्घले ४६० वटै गाउँपालिकालाई कात्तिक २५ देखि आगामी मङ्सिर ९ सम्म हुने मूल जनगणनाको महाअभियानमा आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो ।
महासङ्घका अध्यक्ष होमनाराण श्रेष्ठले जनगणना तथ्याङ्कका आधारमै स्थानीय तह पुनर्संरचना भएकाले जनगणनाको विशिष्ट महत्त्व रहेको बताउँदै आगामी दिनमा स्थानीय तहका लागि अद्यावधिक तथ्याङ्क जनगणनाबाट मात्र प्राप्त गर्न सकिने हुँदा सही तथ्याङ्क उपलब्ध गराउन सबै गाउँपालिकालाई आग्रह गर्नुभयो । यस पटकको जनगणनाबाट सबै वडा तहसम्मको सम्पूर्ण तथ्याङ्क आउने भएकाले जनगणनाको महत्त्व रहेको उहाँले उल्लेख गर्नुभयो ।

जनगणनाबाट स्थानीय तहको भौतिक संरचना, सहरीकरण, सामाजिक तथा आर्थिक पूर्वाधारको अवस्था, वातावरण तथा प्राकृतिक प्रकोप, लगायतको तथ्याङ्कसमेत प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्