नारद कोहार/गाेरखापत्र
तौलिहवा कपिलबस्तुको अरौराकोट संरक्षणको पखाईमा रहेको छ । कनकमुनी बुद्धको जन्मस्थल निगालीकोटबाट करिब डेढ किलोमिटरको दुरीमा रहेको कनकमुनी बुद्धले बाल्यकाल तथा बैबाहिक जीवन व्यथित गरेको ठाउँ अरौराकोट ओझेलमा परेको हो ।
पुरानो शहरका रुपमा रहेको आयातकार एंव चौडा आकारको पुरातात्विक एंव धार्मिक महत्व बोकेको यस क्षेत्रलाई प्राचिन कालमा इट्टा प्रयोग गरी बनाइएको किल्ला पर्खालले घेरिएको छ ।
कपिलवस्तुमा बुद्धसँग सम्बन्धित एक सय भन्दा बढी पुरातात्विक स्थल रहेको छन् । बुद्ध जन्मस्थलमा विश्वभरका पर्यटक ओइरिइरहँदा कपिलवस्तुमा बुद्धसँग सम्बन्धित विभिन्न पुरातात्विक स्थल भने ओझेल परेका छन् ।
यसको विकासका लागि स्थानीय सरकारसँग पर्याप्त बजेट छैन । संघ र प्रदेश सरकारले यसको विकासका लागि चासो नदेखाउँदा ओझेलमा परेको कपिलबस्तु नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामगोपाल यादवले बताउनुभयो ।
अरौराकोट कनकमुनी बुद्धको राजधानी भनेर किताबहरुमा देख्न पाइएको लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले बताउनुभयो । अरौराकोटको विकासका लागि लुम्बिनी विकास कोषले चाँडै नै त्यो क्षेत्रमा तारबार र त्यसको उत्खाननका लागि पुरातत्व विभागसँग पहल गर्ने सदस्य ज्ञवालीले बताउनुभयो ।
जुन अवस्थामा त्यसलाई देखिराख्नु भएको छ लुम्बिनी विकास कोषले त्यो क्षेत्रको संरक्षण, सरसफाई र व्यवस्थित गर्नको लागि आफ्नो गुरुयोजना भित्र राखी सकेको र त्यसलाई चाँडै नै संरक्षण गर्ने सदस्य ज्ञवालीले बताउनुभयो ।
हुन त भगवान गौतमबुद्ध आफ्नो जीवनको २९ बर्ष विताएको ठाँउ तिलौराकोट यही जिल्लामा पर्दछ तर जुन किसिमले यहाँको विकास हुनु पर्ने हो त्यस किसिमको विकास हुन सकेको छैन । अरौराकोटको उचित विकास र संरक्षण हुन नसके पछि गौचरण र खेलमैदानमा परिणत हँुदै गएको छ ।
फाेटाे:कनकमुनी बुद्धले बाल्यकाल तथा बैबाहिक जीवन व्यथित गरेको अरौराकोट