सरकारले अदालतको विश्वास जोगाउँछ : मन्त्री कार्की

<span class='c1'>सरकारले अदालतको विश्वास जोगाउँछ</span> <span class='c2'>: मन्त्री कार्की</span>

विराटनगर । सूचना तथा संचार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले न्यायालय जनताको विश्वासको धरोहर भएको बताउनु भएको छ । त्यसलाई अझ मजबुत बनाउने सरकारको इच्छा रहेको मन्त्री कार्कीले बताउनुभयो । शनिबार विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्दै कार्कीले न्यायपालिका स्वतन्त्र भएको अदालतको आफ्नै भूमिका रहेको बताउनु भएको हो ।

मन्त्री कार्कीले गठबन्धनको नेतृत्वमा सरकार अघि बढेकोले मुलुकमा स्थिरता, दिगो विकास र जनताको चाहनालाई पुरा गर्ने दावी गर्नुभयो । प्रदेश १ सरकारमा आलोपालो गर्ने विषयमा छलफल हुन बाँकी रहेको मन्त्री कार्कीको भनाई थियो । सरकार ‘अर्ली इलेक्सन’ मा जान चाहेको हो भन्ने संचारकर्मीहरूको प्रश्नमा मन्त्री कार्कीले जवाफ दिन चाहनु भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्