प्रदेश १ मा गठबन्धनको सरकार बन्ने निश्चित : राई

<span class='c1'>प्रदेश १ मा गठबन्धनको सरकार</span> <span class='c2'>बन्ने निश्चित : राई</span>

विराटनगर । नेकपा एकिकृत समाजवादीका प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश १ मा गठबन्धनको सरकार बन्ने निश्चित रहेको दाबी गरेका छन् । शनिबार विराटनगरमा नेकपा (एस) ले आयोजना गरेको शुभकमना आदनप्रदान कार्यक्रममा बोल्दै नेता राईले नेकपा एमालेले सरकार टिकाउन पैसामा सांसद किन्न सकिन्छ कि भनेर अनवरत प्रयास गर्दा पनि सिद्धान्तमा अडिग रहेका सांसद नहलिएकाले गठबन्धनको सरकार बन्ने निश्चित रहेको दाबी गरेका हुन् ।

‘सरकारमा बस्नेहरुले आफु जस्तै पैसामा मनिसहरुलाई किन्न सकिन्छ कि भनेर अनवरत कोशिस गर्दा पनि सिद्धान्तमा अडिग रहेका ५० जना सांसदहरु हलिएका छैनन्,’ उनले दावी गर्दै भने, ‘ त्यसो भएका हुनाले हाम्रो सरकार बन्ने निश्चित छ ।’
उनले दल विभाजन भएको तीस दिन भित्र साविक सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि तत्कालिन मुख्यमन्त्री शेरधान राई नेतृत्व सरकारले विश्वासको मत लिनुपर्ने भए पनि जग्गाको नाम सारी गरे जस्तो, सम्पत्ति हस्तान्तरण गरे जस्तो सरकार हस्तान्तरण गर्दे संविधानलाई मिचेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्