‘कांग्रेसको १४औँ महाधिवेशन मङ्सिरभित्र सम्पन्न गर्नुको विकल्प छैन’

<span class='c1'>‘कांग्रेसको १४औँ महाधिवेशन मङ्सिरभित्र</span> <span class='c2'>सम्पन्न गर्नुको विकल्प छैन’</span>

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकको ताकत, मेहनत र परिश्रम पार्टीको महाधिवेशन सम्पन्न गर्न लगाउनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका–५ एकाइ समितिले आज चक्रपाणि चोक कटुञ्जेमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता घिमिरेले १४औँ महाधिवेशन मङ्सिरभित्र सम्पन्न गर्नुको विकल्प नभएको जनाउँदैं त्यसका लागि सबै नेता कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताउनुभएको हो । उहाँले लोकतन्त्रलाई बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने र कांग्रेस बलियो हुन महाधिवेशनलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेलले कम्युनिष्टले जनतालाई ढाँट्ने सिवाय अरु गर्न नजानेको आरोप लगाउनुभयो । उहाँले एउटै बाटो तीन चोटी शिलान्यास गरेर जनतालाई झुक्याउने गरेको उदाहरण प्रस्तुत गर्दै जनता सस्तो प्रचारमा लाग्न नहुनेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जग्गा दलाली र भूमाफियाको जग्गा प्लटिङमा बाटो पु¥याउँदैमा कसैलाई विकास प्रेमी नेताको बिल्ला भिडाउनु गलत भएको बताउनुभयो । धनवाद र डनवादको राजनीति गरेर जनतालाई दिग्भ्रमित पार्ने कांग्रेसको नीति नभएको स्पष्ट पार्दै सभापति थापाले चाहेको अवस्थामा आफूहरु पनि धनवाद र डनवादमा उत्रन तयार भएको चेतावनी दिनुभयो ।

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलले जनतालाई केन्द्रविन्दुमा राखेर ल्याउने विकासका प्रस्तावलाई आफूले दलगत, नातावादभन्दा माथि उठेर निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्