राहदानी बनाउनेको लर्को

<span class='c1'>राहदानी बनाउनेको</span> <span class='c2'>लर्को</span>

गोरखापत्र समाचारदाता
काठमाडौँ । राहदानी बनाउनेको भीड आइतबार हालसम्मकै उच्च बनेको छ । आइतबार पाँच हजार जनाले राहदानी बनाउनका लागि आवेदन भर्नका लागि टोकन लिएका थिए ।

परराष्ट्र मन्त्रालयको प्रमुख अङ्गका रूपमा रहेको राहदानी विभागमा आइतबार झिसमिसे नहुँदै राहदानी बनाउनेको लाम सुरु भएको थियो । जुन बढ्दै गएर दिउँसो अनियन्त्रित भीडमा परिणत भएको थियो । जसका कारण विभागसँगै जोडिएको सडकमार्ग पटक–पटक अवरुद्ध हुुन पुगेको थियो । विभागका कर्मचारी कृष्णहरि घिमिरेले भन्नुभयो, “जागिर खाएको यत्रो वर्ष भयो तर राहदानी बनाउनेको भीड यसैपाला देखेको हो ।” अति भीडका कारण विभागका कर्मचारीलाई पनि व्यवस्थापन गर्न हम्मे–हम्मे परेको उहाँले बताउनुभयो ।

अचाक्लीको भीडले तिहारको किनमेलका लागि पैदलमार्ग हिँड्ने यात्रुले पनि सास्ती खेप्नु परेको थियो । विभागले मङ्सिर महिनादेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गर्दै छ । त्यसपछि माघदेखि औपचारिक रूपबाट विद्युतीय राहदानी वितरण पनि सुरु गर्दै छ । त्यसैले पनि तत्कालका लागि पुरानो प्रकृति बोकेको मेसिन रिडेबल राहदानी नलिन विभागले बारम्बार अनुरोध गरिरहेको छ ।

तर, अचेल अमेरिका जानका लागि खुलेको डाइभर्सिटी भिसा (ई–डीभी) खुलेका कारण पनि राहदानी बनाउनेको भीड बढेको अनुमान कर्मचारी घिमिरे गर्नुहुन्छ । त्यो भिसा आवेदनका लागि गत सालदेखि राहदानी नम्बर अनिवार्य गरिएको छ । विगतका वर्षमा नागरिकता नम्बर वा अन्य परिचयपत्रका नम्बरले काम गथ्र्यो तर अहिले राहदानी नम्बर नै अनिवार्य गरेकाले राहदानी पहिल्यै बनाउनुपर्ने बाध्यता आवेदकलाई परेको छ । अर्को सातासम्म मात्र आवेदनको मिति रहेको हुनाले तिहारको मुखमा राहदानी बनाउनेको लर्को लागेको विभागका कर्मचारी बताउँछन् । विभागमा दैनिक आठ सयको हाराहारी मात्र राहदानी जारी गर्ने गरिन्छ । धेरै मानिस आएपछि अन्य दिनको टोकन पनि आइतबार नै बाँडिएको छ । टोकन लिएकाले सोअनुसार राहदानीका लागि भरेको आवेदन दर्तासहित राहदानी पाउने छन् ।

यस आर्थिक वर्षको गत सेप्टेम्बर महिनासम्म तीन लाख ४९ हजार १७५ वटा राहदानी जारी भएका छन् । नेपालमा एमआरपी जारी हुन सुरु गरेयता हालसम्म ६७ लाख ५९ हजार ९८३ थान राहदानी जारी भएका छन् । यसरी भीड बढ्दा पुरानो राहदानीको खपत ह्वात्तै बढेको छ । विद्युतीय राहदानी जारी हुँदासम्म केही थान राहदानी मौज्दात रहने अनुमान विगतमा गरिए पनि अब त्यो मुस्किल हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्