जलवायु परिवर्तन र हिमाली क्षेत्रकाे जोखिमबारे कुरा उठाएकोमा प्रशंसा

<span class='c1'>जलवायु परिवर्तन र हिमाली क्षेत्रकाे</span> <span class='c2'>जोखिमबारे कुरा उठाएकोमा प्रशंसा</span>

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ग्वास्गोमा भेटवार्ता भएका छ । बेलायतको स्कटल्याण्डस्थित ग्लास्गो शहरमा आयोजित जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलनका क्रममा उहाँहरुबीच भेट भएको हो ।

भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुँदा आफूलाइ खुशी लागेको प्रधानमन्त्री देउवाले ट्वीटर मार्फत जानाउनु भएको छ । उहाँले सन्देशमा भन्नु भएको छ, "कोप २६मा नरेन्द्र मोदीजीलाई भेट्दा खुशी लागेको छ , हामीले शेयर गरी रहेको हिमाली क्षेत्र जुन विशेष रुपमा जोखिममा छ त्यसको भविष्यका लागि दीगो विकास अपरिहार्य छ ।"
साथै प्रधानमन्त्री देउवाले सन्देशमा अगाडि भन्नुभएको छ, "यो विषयलाई प्राथमिकताका साथ उठाउनुका साथै भविष्यमा सँगै काम गर्ने कुरामा जोड दिनु भएकोमा म धन्यवाद दिन चहान्छु ।"

साथै भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमनत्री देउवाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको जोखिमलाई ठीक ढङ्गले उठाउनु भएको भन्दै उहाँको प्रशंसा गुर्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्