विना दर्ता सञ्चालित फर्म शिल्ड

<span class='c1'>विना दर्ता सञ्चालित</span> <span class='c2'>फर्म शिल्ड</span>

अमृतप्रसाद पौडेल/गाेरखापत्र
बेनी । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–४, तातोपानी रहेको एउटा पसल बजार अनुगमन टोलीले बन्द गराएको छ । दुई दिनसम्म चाडवाडलाई लक्षित गरेर भएको बजार अनुगमनमा कुनै पनि दर्ता कागजातविना सञ्चालनमा रहेको एउटा पसल शिल्ड गरिएको हो ।

प्रसिद्ध गल्कोट होटल एण्ड खाजा घर लेखिएको पसलमा नेटवर्क बिजनेस भन्दै सामग्रीहरु विक्री वितरण गर्ने गरेको भए पनि दर्ता कागजातहरु तथा बिल भरपाई पनि नभेटिएकाले दुई दिन भित्र कागजात उपलब्ध गराउने निर्देशनसहित पसल शिल्ड गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको अगुवाइमा भएको बजार अनुगमनमा दर्ता तथा खरिद विक्रीका कुनै पनि कागजातहरु नपाइएको हुँदा मानव स्वास्थ्यलाई लक्षित गरेर शिल्ड गर्नुपरेको हो ।

जिल्ला प्रशासन कार्यालय म्याग्दी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ, घरेलु तथा साना उद्योग विकास कार्यालय म्याग्दी, जिल्ला प्रहरी कार्यालय म्याग्दी, बेनी नगरपालिका, नेपाल पत्रकार महासंघ म्याग्दी, बेनी नगरपालिका–४का जनप्रतिनिधि तथा स्थानीय टोल सुधार समितिको सहभागितामा भएको बजार अनुगमनका क्रममा कमजोरी भेटिएकाले बन्द गरिएको जनाइएको छ ।
बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ घर भएका हिराबहादुर पुनले म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा व्यवसाय सञ्चालन गरेको भए पनि नेपाल सरकारको आधिकारीक कागजात बेगर सामग्रीहरु विक्री वितरण गरेको पाइएकाले विक्री वितरण गर्न नपाउने गरी सर्जमिन मुचुल्कासहित बन्द गरिएको अनुगमन टोलीमा रहेका बेनी नगरपालिकाका प्रतिनिधि दिपक शर्माले बताउनुभयो ।

आधिकारिक निकायसँग सम्पर्क गर्दा त्यस क्षेत्रमा सञ्चालन अनुमति भए नभएको समेत जानकारी नपाइएको हुँदा बन्द गर्न परेको जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रतिनिधि लिला चोखालले बताउनुभयो । होटल तथा खाजा घर लेखिएको भए पनि त्यही नामको फर्म समेत सञ्चालनमा थिएन चोखालको भनाइ छ ।
तातोपानी क्षेत्रका किराना पसल, होटल, मासु, कस्मेटिक र फेन्सी पसललगायत ३० भन्दा बढी व्यापारीक फर्मको अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठले बताउनुभयो । अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामग्रीहरु जफत गरी नष्ट गरिएको समेत श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्