एम्सका विद्यार्थीद्धारा स्टेट बैंकेटको आयोजना

<span class='c1'>एम्सका विद्यार्थीद्धारा स्टेट</span> <span class='c2'>बैंकेटको आयोजना</span>

विराटनगर । तिहारको अवसर पारेर विराटनगर कलेज रोडस्थितमा रहेको एम्स कलेजका विद्यार्थीले स्टेट बैंकेट कार्यक्रमको आयोजना गरेका छन् । एउटा राज्यले अर्को राज्यबाट आउने अतिथिलाई आफ्नो राज्यको कला संस्कृति, भेषभूषा तथा परिकारको कसरी जानकारी दिनुपर्छ भन्ने व्यवहारिक ज्ञान सिकाउन कार्यक्रम आयोजनना गरिएको हो ।

जहाँ विद्यार्थीहरुले आफूले लगाएका पोशाक, उनीहरुले गरेको अतिथि सत्कार, तिहार लक्षित देउसी भैलो र विभिन्न प्रकारका परिकारले आमन्त्रित अतिथिहरु मोहित हुनुभएको थियो । तारे होटलको अनुभूति दिलाउने गरि विद्यार्थीले गरेको अतिथि सत्कारदेखि उनीहरुले बनाएका परिकारको स्वादलाई वाह क्या स्वादिलो भन्दै प्रतिकृया दिनुभएको थियो ।

कार्यक्रमकै दौरान विद्यार्थीहरुले अतिथिलाई विभिन्न संस्कृति झल्किने पोशाक सहित नृत्य तथा गायन समेत प्रस्तुत गरेका थिए भने तिहारमा गाइने देउसी र भैलो समेत खेलेका थिए । होटल मेनेजमेन्ट चौथो सेमेस्टारका विद्यार्थीहरुले विभिन्न परिकारहरु बनाएका थिए भने सांस्कृतिक कार्यक्रममा पहिलो सेमेस्टारका विद्यार्थीहरुले प्रस्तुती राखेको क्याम्पसका होटल व्यवस्थापन संकायका को–अर्डिनेटर सुरेन्द्र मण्डलले जानकारी दिनुभयो । कार्यक्रममा पर्यटन व्यवयासी भविषकुमार श्रेष्ठले समेत विद्यार्थीले बनाएका परिकार र देखाएको प्रस्तुती राम्रो भएको प्रतिकृया दिनुभयो ।

कार्यक्रममा पर्यटन व्यवसायीहरु, विराटनगर महानगरमा होटल व्यवस्थापन अध्यापन गराउने कलेजका प्रिन्सिपल तथा संयोजकहरु, सरोकारवाला पक्षहरु, क्याम्पसका प्रबन्ध निर्देशक तथा प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी, क्याम्पसका अध्यक्ष तुलसीप्रसाद पोखरेल, क्याम्पस प्रमुख चिन्तामणि बस्नेतलगायतको उपस्थिति थियो । तारे होटलका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सोहि अनुशारको भौतिक संरचनाको विकास गर्दै अध्याापन गराउँदै आएको एम्स कलेजका प्रबन्ध निर्देशक पुरीले एम्सका विश्वभरका तारे होटलका लागि दक्ष जनशक्तिका रुपमा तयार हुनुपर्ने धारणा राख्नुभयो । प्रयोगात्मक शिक्षामा जोड दिने एस क्याम्पसले होटल मेनेजमेन्टका विद्यार्थीलाई लक्षित गर्दै आफ्नै एम्स लाईभ बेकरी तथा कफी हाउस समेत सञ्चालन गर्दै आएको छ । जहाँ विद्यार्थीले नै सम्पूर्ण जिम्मेवारी बहन गर्दै आएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्