क्षतिग्रस्त संरचनाको पुनर्निर्माण चाँडै हुन्छ

<span class='c1'>क्षतिग्रस्त संरचनाको पुनर्निर्माण</span> <span class='c2'>चाँडै हुन्छ</span>

कोकिला ढकाल/गाेरखापत्र
इलाम । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाणले बाढीपहिरोबाट क्षतिग्रस्त बनेका स्थानहरूको मङ्गलबार निरीक्षण गर्नुभएको छ ।

पहिरोग्रस्त क्षेत्रको अवलोकन गर्दै इलाम आइपुग्नुभएका उहाँले प्रधानमन्त्रीको निर्देशनअनुसार अहिले राहत, उद्धार र क्षतिग्रस्त संरचना पुनर्निर्माणको के कस्तो काम गर्नुपर्छ, त्यसको अवलोकन गर्न आएको बताउनुभयो । कात्तिकको पहिलो साता आएको बाढीपहिरोबाट क्षतिग्रस्त क्षेत्र धनकुटा, पाँचथर र इलामका विभिन्न स्थानको निरीक्षण गर्नुभएको हो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले क्षतिग्रस्त क्षेत्रको निरीक्षण गर्नुभएपछि सम्बन्धित क्षेत्रका विभागलाई पुनर्निर्माणको काम गर्न निर्देशन दिइएको मन्त्री खाणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भौतिक संरचनामा ठूलो क्षति भएको छ, सडक, विद्युत्, खानेपानी, सिँचाइ, कृषि सबै क्षेत्रमा क्षति पुगेको छ । यी सबै क्षेत्रलाई पुरानै स्थितिमा पु-याउन सबै विभागलाई निर्देशन दिइसकिएको छ ।” पूर्वी पहाडमा नसोचेको क्षति भएको छ, अब पहाडमा कस्ता किसिमका बोटबिरुवा लगाउने, प्राकृतिक प्रकोपबाट पहाडलाई जोगाउने भन्ने विषयमा गम्भीर हुनुपर्ने अवस्था आएको छ भन्दै मन्त्री खाणले बाढीपहिरोबाट घाइते भएकाको नेपाल सरकारले उपचार खर्च बेहोर्ने बताउनुभयो ।

“नेपाली कांँग्रेस इच्छा नहुँदा नहँुदै पनि विषम परिस्थितिमा सरकारमा गएको छ, लोकतन्त्रमा यसलाई सहज रूपमा लिनुपर्छ,” मन्त्री खाणले भन्नुभयो, “सरकारले केही गल्ती, कमजोरी गरे सञ्चार क्षेत्रले त्यसलाई औँल्याएर सरकारलाई निर्देशित गर्ने काम गर्नुहोस् । हामी त्यसमा खुसी हुन्छौँ ।” यहाँ बाढीपहिरोमा परेर १५ जनाले ज्यान गुमाएका छन् भने करोडौंको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्