‘न्याय क्षेत्रको समस्याप्रति प्रधानन्यायाधीश गम्भीर बन्नुपर्छ’

<span class='c1'>‘न्याय क्षेत्रको समस्याप्रति</span> <span class='c2'>प्रधानन्यायाधीश गम्भीर बन्नुपर्छ’</span>

चन्द्र पन्दाक/गाेरखापत्र
ताप्लेजुङ । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले हाल न्यायको क्षेत्रमा देखिएको समस्याप्रति प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा गम्भीर बन्नुपर्ने बताउनुभयो । प्रधानन्यायाधीश जबरा आफैँ गम्भीर बन्दै समस्याको निकास उहाँहरुबाटै निस्कनुपर्ने महतको धारणा थियो ।
पूर्व परराष्ट्रमन्त्रीसमेत रहनुभएका काँग्रेस नेता महतले बुधबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पत्रकारहरुसँग भेटघाट गर्नुहुँदै स्वतन्त्र न्यायपालिकामा हाल देखिएको समस्या चाँडै अन्त्य हुनुपर्ने पनि बताउनुभयो ।

प्रधानन्यायाधीशले संविधान विपरीत कार्य गरेको भन्ने कुनै प्रमाण नभएकाले अहिलेसम्म सरकारले कुनै हस्तक्षेप नगरेको प्रस्ट्याउँदै न्याय क्षेत्रमा देखिएको समस्या त्यहीँबाट समाधान होस् भन्ने चाहेको उहाँले बताउनुभयो ।

न्यायालयमा देखिएको समस्याप्रति विभिन्न टीकाटिप्पणी आइरहे पनि संबैधानिक व्यवस्थाप्रति सबै जिम्मेवार हुनुपर्ने र समस्यालाई निकास दिँदै चाँडै न्याय सम्पादनको कार्य शुरु गर्ने वातावतरण बनाउनका लागि प्रधानन्यायाधीश गम्भीर हुनुपर्ने महतले दोहो¥याउनुभयो ।
यता, काँग्रेस नेतृत्वको गठबन्धन सरकारले चारवटा महत्वपूर्ण काम गरेको बताउनुभयो । पार्टी सभापति शेरबहादुर देउबा नेतृत्वको सरकारले मन्त्रिपरिषद विस्तार गर्नमा केही ढिलाइ गरे पनि हालसम्म कोभिड–१९ महामारी नियन्त्रणका लागि खोप व्यवस्थापन सुनिश्चित गर्ने कार्य, असंबैधानिक ढङ्गबाट गरिँदै आएको नियुक्तिलगायतका क्रियाकलाप नियन्त्रण गर्नमा सरकार सफल हुँदै गएको छ । त्यस्तै, परराष्ट्र सम्बन्ध सुधार र बाढी पहिरोजस्ता दैवी प्रकोपजन्य विपत्तिमा परेका पीडितलाई राहत दिने र उनीहरुको उचित व्यवस्थापन गर्ने कार्यमा सरकार लागि परेको उहाँले बताउनुभयो ।

काँग्रेस सहमहामन्त्री महतले पार्टीको महाधिवेशन निर्धारित समयमै हुने बताउनुभयो । कोरोना महामारीका कारण पार्टी महाधिवेशनको समय पटकपटक परिवर्तन गर्नुपरे पनि अब पछिल्लो पटक निर्धारण गरिएकै कार्यतालिकानुसार महाधिवेशन हुने उहाँले ठोकुवा गर्नुभयो । आउँदो महाधिवेशनमा आफूले महामन्त्रीको उम्मेदवारी दिने पनि घोषणा गर्नुभयो । काँग्रेस नेता महत प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनका क्रममा ताप्लेजुङ आउनुभएको हो ।

पत्रकार भेटघाटमा आफ्नो धारणा राख्नुहुँदै काँग्रेस नेता महत । तस्बिर - चन्द्र पन्दाक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्