राष्ट्र बैंकद्वारा जिएमई–पे को अनुमति खारेज

<span class='c1'>राष्ट्र बैंकद्वारा जिएमई–पे</span> <span class='c2'>को अनुमति खारेज</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले मङ्गलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो ।

“यस बैंकबाट २०७७ कोे असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौंलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमतिपत्र प्रदान गरिएकामा भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७७ को विनिमय ३५ को उपविनिमय १ को (क) को व्यवस्थाबमोजिम उक्त अनुमतिपत्र खारेज गरिएको हो”, बैंकद्वारा जारी सूचनामा भनिएको छ ।

राष्ट्र बैंकका भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार सो वालेटले भुक्तानी तथा फछ«यौट विनियमावलीको व्यवस्था पालना नगरेकाले अनुमति खारेज गरिएको हो । “भुक्तानी तथा फछ्र्यौट विनियमावलीअनुसार भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमति लिएको मितिले छ महिनाभित्र सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार एक वर्षसम्म पनि सेवा सञ्चालमा ल्याउन नसकेपछि अनुमतिपत्र खारेज गरिएको हो”, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्