अरुण कोरिडोर आयोजना सरकारले अघि बढाउँछ : अर्थमन्त्री शर्मा

<span class='c1'>अरुण कोरिडोर आयोजना सरकारले अघि</span> <span class='c2'>बढाउँछ : अर्थमन्त्री शर्मा</span>

अर्थमन्त्री जनार्दन शर्माले अरुण करिडोर आयोजनाको काम सरकारले चाँडै थाल्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल सङ्खुवासभाले आज यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले अरुण करिडोर सञ्चालनका लगि सरकारले गृहकार्य थाल्ने बताउनुभयो ।

सङ्खुवासभाका लागि महत्वपूर्ण सडक आयोजना अरुण करिडोर नै भएको उहाँले बताउनुभयो । सो आयोजनाका लागि विश्व बैंकसँग पनि कुरा भइरहेको बताउँदै उहाँले किमाथाङ्का नाका सञ्चालनको पहल गर्ने बताउनुभयो । किमाथाङ्का नाकासम्म सडक निर्माण र भन्सार व्यवस्थित बनाउन सरकारले महत्वका साथ हेरीररहेको उहाँको भनाइ थियो ।

नेपालको पानी जनताको लगानीले अरुण नदीको विभिन्न आयोजना सफल बनाउने मन्त्री शर्माले बताउनुभयो । उहाँले पाँच दलको गठबन्धनको सरकार निरन्तर चल्नेमा शङ्का नगर्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्