रत्नपार्कमा १८ औँ ‘काग सम्मेलन’

<span class='c1'>रत्नपार्कमा १८ औँ</span> <span class='c2'>‘काग सम्मेलन’</span>

काठमाडौँ । काठमाडौँको रत्नपार्कमा १८ औँ काग सम्मेलन गरिएको छ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले काग तिहारका अवसरमा आज आयोजना गरेको कार्यक्रममा इलामका रमेश दुलाल ‘कागे’ ले काग बोलाएर सम्मेलनको आयोजना गर्नुभएको हो ।

विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आउनुभएका दुलालले आज बिहान ६ बजेदेखि ७ बजेसम्म रत्नपार्कस्थित शान्तिवाटिकामा काग बोलाएर काग सम्मेलन गर्नुभएको हो ।

यमराजको दूतका रूपमा कागलाई मीठामीठा खानेकुरा खान दिएर तिहारको पहिलो दिन काग तिहार मनाइने गरिएको छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु भएको छ ।

आजदेखि भाइटीकासम्म नेपालीले दसैँपछिको दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाउने गर्छन् । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय मान्यता छ । यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठामीठा खान दिई खुशी पार्ने गरिएको छ ।

दुलालले १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्दै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्