एमालेको १० औं महाधिवेशन प्रतिनिधि चयनका लागि मोरङमा कात्तिक २७ गते निर्वाचन

<span class='c1'>एमालेको १० औं महाधिवेशन प्रतिनिधि चयनका</span> <span class='c2'>लागि मोरङमा कात्तिक २७ गते निर्वाचन</span>

विराटनगर । नेकपा एमालेको चितवनमा हुने १० औं महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधि चयन गर्न मोरङमा कात्तिक २७ गते निर्वाचन हुने भएको छ । आज एमाले पार्टी कार्यालयमा बसेको बैठकले निर्वाचन मिति तय गर्दै विभिन्न जिम्मेवारीहरु बाँडफाँड समेत गरेको छ । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा जिल्ला निर्वाचन समिति, जिल्ला निर्वाचन पर्यवेक्षण समिति, क्षेत्रगत व्यवस्थापक नेतृत्व, क्षेत्रगत निर्वाचन समिति र पार्टी जिल्ला पदाधिकारीको संयुक्त वैठकले प्रतिनिधि छनौटका लागि जिल्लामा २४ वटा मतदान केन्द्र निर्धारण गरेको छ । क्षेत्रगतरुपमा क्षेत्र नम्बर १ मा ४ वटा केन्द्र तोकिएको छ भने २ मा ५ वटा केन्द्र तोकिएको छ । यस्तै क्षेत्र नम्बर ३, ४ र ५ मा ४र४ वटा केन्द्र तोकिएको छ भने क्षेत्र नम्बर ६ मा ३ वटा मतदान केन्द्र तोकिएको छ । हरेक केन्द्रका लागि ५ देखि ७ जनाको निर्वाचन समिति रहने एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले बताउनुभयो । २७ गते हुने निर्वाचनका लागि कात्तिक २३ गते मतदाता नामावली प्रकाशन, २५ गते पार्टी कार्यालय पाञ्चाली विराटनगरमा बिहान १० देखि २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । मतगणनाका लागि क्षेत्रका केन्द्र तोकिएको छ । जस अनुशार क्षेत्र १ को लेटाङ, २ को रंगेली, ३ को बेलबारी, र ४,५,६ को पार्टी कार्यालय रहेका छन् ।
प्रतिधिनि छनौटको निर्वाचनका लागि क–कस्ले पाए जिम्मेवारी रु

जिल्ला निर्वाचन पर्यवेक्षण समिति
एकराज भट्टराई, राजेश सुब्बा, चुणामणी आचार्य, यज्ञ शर्मा, शान्तीराम भण्डारी, खिला निरौला, डिल्लि पोखरेल, विक्रम लुईटेल, सुदिप कोइराला
जिल्ला मूल निर्वाचन समिति
संयोजक– गणेश लुईटेल , सदस्यहरु सोमराज थापा, नारायण वस्ती, रामप्रसाद भण्डारी, बालकृष्ण आचार्य, मदन पन्त
क्षेत्रगत निर्वाचन समिति
क्षेत्र १– गणेश लुईटेल, डिल्लि घिमिरे, हरि फुयाँल
क्षेत्र २– सोमराज थापा,हरि बराल र महेश खड्का
क्षेत्र ३– बालकृष्ण आचार्य, महेन्द्र वस्ती र बिमला वस्ती
क्षेत्र ४– रामप्रसाद भण्डारी, हरिकुमार पोखरेल र रनीता प्याकुरेल
क्षेत्र ५– मदन पन्त, किशोर आचार्य र मयूर अग्रवाल
क्षेत्र ६– नारायण वस्ती, नारायण दाहाल , विश्वराम भट्टराई र रुक्मिणा दहाल
क्षेत्रगत व्यवस्थापकहरु
क्षेत्र १– घनश्याम खतिवडा, भूपाल जिमी
क्षेत्र २– रुपनारायण मिश्र, भेषनाथ रिजाल
क्षेत्र ३– ताराबहादुर काफ्ले, राजकुमार ओझा, केदार गुरागाँईं
क्षेत्र ४– बाबुराम कार्की, महेश भट्टराई
क्षेत्र ५– धर्मानन्द सञ्जेल, मनोज अग्रवाल
क्षेत्र ६– अजम्बर राई, पर्शुराम बस्नेत, सागर थापा
दलित निर्वाचन क्षेत्र– खेम नेपाली, जीतनारायण सरदार, किशोर बिश्वकर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्