‘तिहारले स्नेह गाढा बनाउँछ’

<span class='c1'>‘तिहारले स्नेह</span> <span class='c2'>गाढा बनाउँछ’</span>

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतकाे अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताउनुभएको छ ।

तिहारको शुभकामना दिँदै राष्ट्रपतिले भन्नुभएको छ, “तिहार पर्वले दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउँदछ ।”

उहाँले नेपालीको महान् चाड तिहार, २०७८ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक तिहारले...
मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले तिहारको अवसरमा देउसीभैलो खेल्ने संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पु-याउने बताउनुभएको छ ।
उहाँले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु-याउने विश्वास व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्