प्रधानमन्त्री देउवा आज स्वदेश फर्कनुहुँदै

<span class='c1'>प्रधानमन्त्री देउवा आज</span> <span class='c2'>स्वदेश फर्कनुहुँदै</span>

करुण अर्याल/गाेरखापत्र
एडिनबरा(स्कटल्यान्ड) । संयुक्त अधिराज्य(बेलायत)को ग्लास्गोमा आयोजना भइरहेको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २६औँ सम्मेलनको वल्र्ड लिडर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार एडिनबरा विमानस्थलबाट स्वदेश प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री देउवा बिहीबार बिहान नेपाल पुग्नुहुनेछ ।

प्रस्थान गर्नुअघि एडिनबरास्थित रोयल बोटानिक गार्डेन एडिनबराद्वारा प्रधानमन्त्री देउवाको सम्मानमा आयोजित स्वागत कार्यक्रममा उहाँलाई स्कटिस सरकारका संस्कृति, युरोप तथा अन्तर्राष्ट्रिय विकासमन्त्री जेनी गिलरुथ, गार्डेनको बोर्ड टस्टीमा अध्यक्ष डोमनिक फ्राइ, गार्डेनका निर्देशक सिमोन मिल्नेलगायतले स्वागत गर्नुभएको थियो । सो क्रममा नेपाल र बेलायतबीचको सम्बन्धलाई थप बलियो बनाउन गार्डेनको पनि महत्त्वपूर्ण भूमिकाबारे चर्चा गरिएको थियो ।

सो क्रममा प्रधानमन्त्री देउवाले गार्डेनमा रहेको नेपाली बगैँचामा भोजपत्रको बिरुवा रोप्नुभयो । सो गार्डेनमा सन् २०१७ मा नेपाली बगैँचा स्थापना गरिएको त्यहाँ कार्यरत डा.भाष्कर अधिकारीले जानकारी दिनुभयो ।
त्यसअघि ग्लास्गोमा जारी सम्मेलनमा भएको साइडमिटिङमा प्रधानमन्त्री देउवासँग मङ्गलबार साँझ संयुक्त अधिराज्यका रक्षामन्त्री वेन वालेसले शिष्टाचार भेट गर्नुभयो । भेटमा भूतपूर्व गोर्खाहरूका मागका सम्बन्धमा छलफल भएको थियो ।

मन्त्री वालेसले नेपाललाई द्विपक्षीय रूपमा खोप उपलब्ध गराउन सक्ने बताउँदै गोर्खाको माग सम्बोधनका लागि आफूहरू सकारात्मक रहेको बताउनुभयो । भेटमा प्रधानमन्त्री देउवाले गोर्खाको माग चाडो सम्बोधन गरिदिन आग्रह गर्नुभयो । यसैगरी मङ्गलबारै मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)का उपकार्यकारी निर्देशक एलेक्सा लाटआरट्युले प्रधानमन्त्रीसँग भेट गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्