स्कुले विद्यार्थीका लागि सिकाइ चौतारी

<span class='c1'>स्कुले विद्यार्थीका लागि</span> <span class='c2'>सिकाइ चौतारी</span>

गोरखापत्र समाचारदाता
कोभिड–१९ ले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै सिकाइ चौतारी पोर्टलको शुभारम्भ गरिएको छ ।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुभारम्भ गर्नुभएको पोर्टल कोरोनाका कारण विद्यालय जान नपाएर घरमै भएका विद्यार्थीले पढ्न र हेर्न सकिने गरी तयार गरिएको छ ।

मन्त्री पौडेलले सहरमा प्रविधिको विकास भइसकेको छ बताउँदै गाउँका कुनाकन्दराका विद्यार्थीले सहजै चलाउन सक्नुपर्ने बताउनुभयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा तयार गरिएको सिकाइ चौतारी पोर्टलमा कक्षा १ देखि १२ कक्षासम्मका पाठ्यपुस्तक पढ्न र हेर्न सकिने बनाइएको छ । केन्द्रका महानिर्देशक चूडामणि पौडेलले पोर्टलले विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्