एम्बुलेन्स खरिदका लागि देउसीभैलो खेलेर साढे सात लाख रुपियाँ संकलन

<span class='c1'>एम्बुलेन्स खरिदका लागि देउसीभैलो खेलेर</span> <span class='c2'>साढे सात लाख रुपियाँ संकलन</span>

सिराज खान
नेपालगञ्ज । कोहलपुर नगरपालिका १४ मा रहेको समाज सेवा संस्था नेपाल नामक संस्थाले एम्बुलेन्स खरिदका लागि खेलेको देउसी र भैलोबाट हालसम्म साढे सात लाख रुपियाँ संकलन गरेको छ ।

समाज सेवा संस्था नेपालले नेपाली संस्कृति जगेर्ना गर्दै एम्बुलेन्सको लागि देउसी भैलो खेलेको संस्थाको अध्यक्ष बिनोद थापाले बताउनुभयो । एम्बुुलेन्स खरिदका लागि खेलेको भैलो टिमले हालसम्म ७ लाख ५४ हजार ८९५ रुपियाँ संकलन गरिसकेको उहाँले बताउनुभयो ।

त्यसका लागि कोहलपुर वडा नम्बर १४ ले एकलाख रुपियाँ दिएको छ । कोहलपुरका विभिन्न व्यवसायिक तथा औद्योगिक प्रतिष्ठानले पनि उल्लेख्ये सहयोग गर्नुभएको संस्थाले जनाएको छ । देउसी भैलो खेलेर पिकनिक मनाउने तथा अन्य रमाइलो काममा खर्च गर्ने परम्परालाई तोडेर सो संस्थाले मानवीय सेवाका लागि देउसी भैलो खेलेको अध्यक्ष थापाले बताउनुभयो ।

यसअघि केही दिन पहिले भएको संस्थाको पाचौ अधिवेशनमा घाँटीको क्यान्सर पीडित मोतिलाल परियारलाई सो संस्थाले ६० हजार बढी आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । त्यसैगरी विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गर्ने कार्य गरिएको संस्थाले जनाएको छ । संस्थाले बाँके जिल्लामा विभिन्न प्रकारका सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्