तिहारको तीन दिनमा उपत्यकामा एघार वटा आगलागीका घटना, चार जनाको मृत्यु

<span class='c1'>तिहारको तीन दिनमा उपत्यकामा एघार वटा</span> <span class='c2'>आगलागीका घटना, चार जनाको मृत्यु</span>

काठमाडौं उपत्यकामा तिहारको तीन दिनमा एघार वटा आगलागीको घटना भएको छ । तिहारमा गरिने झिलमिलमा मानिसहरुको लापरबाहीका कारण ती घटना भएको जुद्ध बरण यन्त्रका फायर कमाण्डर नरेश कुँवरले बताउनुभयो । उहाँका अनुसार एघार वटा घटनामा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते हुनु भएको छ ।

कुँवरले भन्नुभयो, “ विद्युत शर्त हुँदा, दियो बाल्दा ख्याल नगर्दा भएको मानविय तुतृको कारण आगलागी भएको छ, यो आगलागीले ठूलो धनजनको भएको छ ।” कार्तिक १९ गते साँझ ललितपुरको मंगलबारमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकार हुनुहुन्थ्यो । भने दुई जना घाइते भएका थिए । प्रहरी र स्थानीयले पाँच जनाको उद्दार गरेको उहाँले बताउनुभयो । ती दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

उहाँले भन्नुभयो, “ घरको तेस्रो तलामा दियोबाट आगो सल्किएको थियो, आगो बढ्दै गएर भान्छामा रहेको ग्यास सिलिण्डरसमेत पड्किएकाले उहाँहरुको मृत्यु भएको थियो ।” यो तीन दिनको अवधिमा उपत्यकाको तीन जिल्ला मध्ये काठमाडौंमा छ वटा लागलागीको घटना भएपनि मानविय क्षति भने हुन पाएन । ललितपुरमा दुई वटा घटना भएकोमा चार जनाको मृत्यु र दुई जना घाइते हुनु भएको थियो । यस्तै, भक्तपुरमा तीन वटा आगलागीको घटना भएको कुँवरले बताउनुभयो ।

यो आर्थिक वर्षको चार महिनाको अवधिमा काठमाडौं जिल्लामा मात्रै ७७ वटा आगलागीको घटना भएको जुद्ध बरण यन्त्रको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्