आक्रमण गराएको आरोपमा वडा अध्यक्ष पटेल पक्राउ

<span class='c1'>आक्रमण गराएको आरोपमा वडा</span> <span class='c2'>अध्यक्ष पटेल पक्राउ</span>

दिपकप्रसाद गौतम/गाेरखापत्र
वीरगञ्ज । पर्सा प्रहरीले कुटपिट तथा सांघातिक आक्रमण गराएको आरोपमा एक जना वडा अध्यक्षलाई पक्राऊ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले पर्साको जगरनाथपुर गाउँपालिका ६ का वडा अध्यक्ष अयोध्या पटेललाई कुटपिट तथा सांघातिक आक्रमण गराएको आरोपमा ईलाका प्रहरी कार्यालय पोखरियाले पक्राऊ गरेको जानकारी दिनुभयो ।

व्यक्तिगत रिसिबिका कारण एक परिवारका तीन जनामाथि कुटपिट तथा सांघातिक आक्रमण गराएको पीडित पक्षले बताएको छ । प्रहरीले घटनामा संलग्न रहेका व्यक्तिहरुको खोजी भइरहेको र वडा अध्यक्षलाई पक्राऊ गरिएको जनाएको छ ।

आक्रमणमा परी ऋषि पटेल, राज पटेल र लक्ष्मण पटेल घाईते भएको प्रहरीले जनाएको छ । घाईते भएका तीनै जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक खनालले बताउनुभयो ।

वडा अध्यक्ष पटेलको निर्देशनमा बहुअर्वा र रामनगरीको बीच बाटोमा घेरा हाली दुई दाजुभाइलाई फलामको छडले आक्रमण गरिएको थाहा पाएपछि घटनास्थलमा पुगेका ऋषि र राजको बुवा लक्षमण पटेलमाथि पनि आक्रमण गरी हात भाचिदिएको पीडितका आफन्त कृष पटेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्