बन्दाबन्दीमा पर्यटककाे उद्धार गरेकोमा नेपालले पायो ‘गोल्ड अवार्ड’

<span class='c1'>बन्दाबन्दीमा पर्यटककाे उद्धार गरेकोमा</span> <span class='c2'>नेपालले पायो ‘गोल्ड अवार्ड’</span>

कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा गरिएको बन्दाबन्दीमा अलपत्र परेका पर्यटकको उद्धार गरेको भन्दै बेलायतले नेपाललाई ‘बेस्ट रेस्पोन्स टू दि प्यानडेमिक’ गोल्ड अवार्ड दिएको छ । विश्वचर्चित वन्डरलस्ट म्यागजिनले बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा कही दिन अघि नेपाललाई यो पुरस्कार प्रदान गरेको हो ।

बन्दाबन्दीको समयमा नेपालले पर्यटकको खोजी तथा उद्धार गरी व्यवस्थापन तथा स्वदेश पठाउने काम गरेको थियो । आयोजकले उक्त अवार्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेलाई हस्तान्तरण गरेको थियो । यो अवार्डका लागि नोमिनेशन भएका नौं वटा मुलुकहरूलाई उछिन्दै नेपालले यो अवार्ड पाएको उक्त संस्थाले जनाएको छ ।

नेपालले उक्त समयमा विभिन्न पर्यटकीय गन्तव्यमा अलपत्र परेका एक हजार ७२१ जना विदेशी पर्यटकको उद्धार गरेको मन्त्रालयको तथ्याङ्क छ । सोही समयमा कुटनीतिक नियोगहरूसँगको समन्यवमा करिब पाँच हजार विदेशी पर्यटकलाई स्वदेशफिर्ता गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्