फूल बेचेर मनग्य आम्दानी

<span class='c1'>फूल बेचेर</span> <span class='c2'>मनग्य आम्दानी</span>

यहाँका एक किसानले एकै याममा सात क्विन्टल सयपत्रीको फूल बेचेर दुई लाखभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपखानीका चन्द्रबहादुर रानाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिकरुपमा गरेको फूल खेतीबाट उक्त आम्दानी लिन सफल हुनुभएको हो । ‘मौलाकालिका कृषि तथा पशुपक्षी फर्म’ मार्फत उहाँले एक हजार ५०० बिरुवा अमेरिकन सन ओरेन्ज मेरिगोल्ड र एक हजार ५०० बिरुवा मेरिगोल्ड गरी छ हजार फूलका बिरुवा लगाउनुभएको हो ।

“गाउँमा रहेको आफ्नै आठ रोपनी क्षेत्रफलको बारीमा व्यावसायिकरुपमा दुई महिनाअघि फूल खेती थालेको हुँ,” व्यवसायी रानाले भन्नुभयो, “विदेशबाट आएको फूलमा हामीले पैसा खर्च गरिरहेका छौँ, हाम्रै गाउँपाखामा रहेका बाँझो बारीमा फूल लगाए पनि यसबाट राम्रो आम्दानी लिन सकिने ठानेर फूललाई नै व्यवसायका रुपमा अगाडि बढाएको हुँ ।”

दसैँ र तिहारको अवधिभरमा सात क्विन्टल फूल बिक्री गर्दा रु दुई लाख १० हजार आम्दानी गरेको व्यवसायी रानाले बताउनुभयो । फर्ममा उत्पादन भएको फूल प्रतिकेजी रु तीन सयका दरले बिक्री गर्नुभएको हो ।

यहाँ उत्पादन भएको फूल पोखरामा पाँच क्विन्टल, भैरहवामा एक क्विन्टल, फर्मबाटै एक क्विन्टल बिक्री भएको हो । “दसैँ र तिहारका समयमा यहाँ उत्पादन भएको फूलको माग स्याङ्जा जिल्लासहित पोखरा, भैरहवा लगायतका स्थानमा पुग्यो,” व्यवसायी रानाले भन्नुभयो, “माग अझै थियो तर पु¥याउन सकिन, अझै फुल्दै छ अब करीब दुई क्विन्टल फूल उत्पादन हुने अनुमान गरेको छु, उक्त फूल आउँदै गरेको ठूली एकादशी र मङ्सिरमा हुने विवाह लगायतका कार्यहरुमा बिक्री हुनेछ ।”

उत्पादनका क्रममा बाँकी रहेको फूलबाट न्यूनतम पनि रु साठी हजार आम्दानी हुने अनुमान उहाँको छ । आगामी दिनमा नर्सरीलाई अझै व्यवस्थित र आधुनिक यन्त्र उपकरण, औजारहरुको प्रयोगबाट कम लागतमा उत्पादन लिने गरी तयारी थालेको उहाँले बताउनुभयो । एउटै याममा फूल बिक्रीबाट राम्रो आम्दानी लिन सफल भएपछि हौसला जागेकाले अझै ठूलो परिमाणमा खेती विस्तार गर्ने सोचमा उहाँ हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्