टर्कीमा कोरोनाको सङ्क्रमण झन् बढ्यो, एकैदिन करिब २५ हजार सङ्क्रमित

<span class='c1'>टर्कीमा कोरोनाको सङ्क्रमण झन् बढ्यो,</span> <span class='c2'>एकैदिन करिब २५ हजार सङ्क्रमित</span>

टर्कीमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको छ । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण बढेको अधिकारीहरुले जनाएका छन् ।अधिकारीहरुकाअनुसार यहाँ पछिल्लो समयमा मृत्यु दर पनि बढेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा यहाँ २४ हजार ८९८ जनामा यो सङ्क्रमण देखिएको छ ।

त्यसैगरी यहाँ गएको २४ घन्टामा मृत्यु हुनेको संख्या पनि १९७ पुगेको छ । केही समयपछि यहाँ मृत्यु हुनेको संख्यामा पनि दिन प्रतिदिन बृद्धि हुदै गएको बताइएको छ ।यहाँका अधिकारीहरुले टर्कीमा अहिलेसम्म यो सङ्क्रमणबाट ७२ हजारभन्दा बढीको ज्यान गएको बताएका छन् । टर्कीमा अहिलेसम्ममा ८३ लाखभन्दा बढी व्यक्तिमा यो सङ्क्रमण पुगेको छ ।

पछिल्ला केही हप्तामा युरोपमा यो सङ्क्रमण बढ्दै गएको देखिएको छ । अहिले यहाँ सङ्क्रमणको दर झन् बढेको अधिकारीहरुले जनाएका छन् ।विश्व स्वास्थ्य संगठनले पनि युरोप कोरोना भाइरसको पछिल्लो केन्द्र बन्दै गएको भन्दै सतर्कता अपनाउनका लागि सबैमा अपिल पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्