सामुदायिक वनवीच फुटवल

<span class='c1'>सामुदायिक वनवीच</span> <span class='c2'>फुटवल</span>

विराटनगर, ८ भदौ । खेलकुद र खेलाडीको विकास तथा सामुदायिक वनको प्रचार प्रशार गर्ने उदेश्यले मोरङको शनिश्चरे–१ जिरिखिम्तिमा भदौ १६ गतेदेखि सामुदायिक वन उपभोक्ता समिति स्तरिय खुल्ला नकआउट फुटवल प्रतियोगिता हुनेभएको छ ।
स्थानीय डास–मोरङ्गी सामुदायिक वन उपभोक्ता समितिको अयोजनाहुने प्रतियोगितामा शनिश्चरेको पशुपति, पथरीको शान्ति, जातको हरियाली, लेटाङको जनसेवा, बेलबारीको अमनासिसौली, डागिहाटको लक्ष्मी, केरौनको जनजागृति बयरवनको ग्रमिनसुधार र अयोजक गरी नौ वटा टिम सहभागी हुने आयोजक समितिले जनाएको छ ।
जानकारी दिने उदेश्यले बिहिबार जिरिखिम्तिमा पत्रकार सम्मेलन गरी प्रतियोगितको बारेमा जानकारी गराएको हो । सामुदायिक वनको प्रचार प्रशार र स्थानीय खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको डा“स मोरङ्गी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष रुद्रबहादुर दाहालले बताए । आयोजक वन उपभोक्ता समितिको खेल संयोजक दिपेन्द्र दाहालले स्वागन गरेको कार्यक्रममा स्थानीय मदन पोख्रेलले खेल सम्बन्धि जानकारी गराएका थिए । जीवन कटुवालले संचालन गरेको कार्यक्रममा सडक, विद्युत, शिक्षा र स्वास्थ्यमा मात्र लगानी गर्दै आएको सामुदायिक वनले युवा खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले प्रतियोगिता गर्न लागिएको मदन पोखरेलले बताए । प्रतियोगितको उद्घाटन खेल पथरीको शान्ति र जा“तेको हरियाली सामुदायिक वन उपभोक्ता समितिवीच प्रतिष्प्रदाहुने भएको छ । पहिलोचरणको खेलमा लेटाङको जनसेवा सावउस वाइमा परहेको छ ।
खेलाडीको लागि खुल्ला गरिएकोले सामुदायिक वनहरुले देशको चर्चित खेलाडीहरु उपस्थित गराउन सक्ने आयोजक समितिले आयोजक समितिले जनाएको छ । प्रतियोगिताको प्रथम र द्धितिय हुने टिमलाई क्रमस नगद २० हजार, १० हजार, ट्रफी, प्रमाणपत्रहरु घोषणा गरिएको छ । मोरङ जिल्लामा एक सय ३५ वटा सामुदायिक वन उपभोक्ता समितिहरु भएपनि खेलकुद सम्बन्धि कार्यक्रम पहिलो भएको आयोजक समितिको दावि रहेको छ । प्रतियोगितामा २ लाख २१ हजार ५ सय खर्चहुने आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्