पत्रकार आक्रमणका नाइके पक्राउ

<span class='c1'>पत्रकार आक्रमणका</span> <span class='c2'>नाइके पक्राउ</span>

विराटनगर ८ भदौ । संखुवासभाका पत्रकार किशोर बुढाथोकीमाथि आक्रमणका मुख्य नाइके विकास राई पक्राउ परेका छन् । राईलाई प्रहरीले संखुवासभाको डेविङ गाविसको डेविङस्थित उनकै घरबाट आज बिहान पक्राउ गरेको क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । नेपाल पत्रकार महासंघ संखुवासभाका सह–सचिव बुढाथोकीमाथि गत साउन २६ गते राति खादबारी–२ स्थित उनकै डेरामा सुतिरहेका बेला आक्रमण गरी राई फरार भएका थिए । घटनामा संलग्न अर्का फरार अभियुक्त रुपक राईलाई प्रहरीले भदौ ३ गते जिल्लाकै याफु गाविस–३ मुलगाउबाट नियन्त्रणमा लिएको थियो । राईलाई जिल्ला प्रहरी कार्यालय खादबारी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । आक्रमणमा परी गम्भीर घाईते भएका बुढाथोकीको विराटनगरमा उपचार भइरहेको छ । अन्नपुर्ण पोष्ट तथा द हिमालयन टाइम्सका संखुवासभा समाचारदाता किशोर बुढाथोकीमाथि आक्रमण गर्ने दुवै जना बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको छ । नेपाल पत्रकार महासंघको सहयोगमा पत्रकार बुढाथोकीको मामा राजेन्द्र कार्कीको जाहेरीको आधारमा राईद्धय बिरुद्ध प्रहरीले मुद्धा दर्ता गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्