भारतमा एक दिनमा १० हजार नयाँ सङ्क्रमित

<span class='c1'>भारतमा एक दिनमा १०</span> <span class='c2'>हजार नयाँ सङ्क्रमित</span>

एजेन्सी । भारतका कोनाभाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ३०२ जना सङ्क्रमित भएका छन् ।

सोही अवधिमा अरु २६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी केरला प्रदेशका मात्रै रहेका छन् । मन्त्रालयका अनुसार केरलामा पाँच हजार ७५४ नयाँ सङ््क्रमित भएका हुन् । त्यसैगरी केरालामा मात्रै ४९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

भारतको केरलामा पछिल्लो समय कोरोना भाइरसको महामारीको प्रभाव सबैभन्दा धेरै परेको छ । यसअघि महाराष्ट्र प्रदेश र दिल्ली प्रदेश बढी प्रभावित भएका थिए । अहिले ती प्रदेशमा अति न्यून भएपनि केरलामा महामारी धेरै नै देखिएको छ ।

भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख २४ हजार ८६८ रहेको छ । यो सङ्ख्या कुल सङ्क्रमित भएकामध्येको ०.३६ प्रतिशत मात्रै हो ।

सक्रिय सङ्क्रमितको सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ७८७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

यसरी एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कम हँुदै गएको हो ।

भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३९ लाख नौ हजार ७०८ रहेको मन्त्रालयले जनाएको छ ।

यो सङ्ख्या कुल सङ्क्रमितमध्येको ९८.२९ प्रतिशत हो । यो पनि सन् २०२० को मार्च पछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्