म्यानमारलाई चीनद्धारा कोरोना विरुद्धको खोप सहयोग

<span class='c1'>म्यानमारलाई चीनद्धारा कोरोना</span> <span class='c2'>विरुद्धको खोप सहयोग</span>

एजेन्सी । म्यानमारलाई चीन सरकारले कोरोनाविरुद्धको खोप सहयोग गरेको छ ।

पछिल्लो पटक यहाँ १० लाख मात्रा यो खोप पठाएको बताइएको छ । म्यानमारको सूचना मन्त्रालयले सो कुराको सूचना दिएको छ । चीन सरकारले अनुदानमा दिएको सो खोप शनिबार म्यानमारको यांगुन पुगेको सो मन्त्रालयले जानकारी दिएको छ । यहाँ पछिल्लो पटक कोरोनाको प्रभाव पहिलेको भन्दा केही बढेको देखिएको अधिकारीहरुले जनाएका छन् ।

म्यानमार सरकारले यहाँ एक करोड भन्दा बढी व्यक्तिलाई कोरोना विरुद्धको खोपको पूर्ण मात्रा दिइएको छ । सूचना मन्त्रालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा यहाँका १ करोड ३ लाख नागरिकलाई यो खोप दिइसकिएको छ । यहाँ शनिबार ६२५ जनामा कोरोना संक्रमण भएको बताइएको छ । यो समेतगरी यहाँ पाँच लाख १७ हजार ३९५ जनामा यो भाइरसको संक्रमण देखिएको छ । यहाँ गएको २४ घन्टामा २४ जनाको यो संक्रमणबाट निधन भएको छ ।

यहाँ यो भाइरसबाट अहिलेसम्ममा १९ हजार भन्दा बढीको ज्यान गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्