एभरेष्ट स्कुलका विद्यार्थीमा नयाँ नेतृत्व चयन

<span class='c1'>एभरेष्ट स्कुलका विद्यार्थीमा</span> <span class='c2'>नयाँ नेतृत्व चयन</span>

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलमा आज विद्यार्थीहरुका लागि नयाँ नेतृत्व चयन भएको छ । एक वर्षे कार्यकालका लागि हेडब्वाईमा सौगात तिम्सिना र हेडगर्लमा केशिका श्रेष्ठ चयन हुनुभएको हो ।

हरेक वर्ष विद्यार्थीहरुका बिच मतदान गराई नयाँ नेतृत्व चयन हुँदै आएको एभरेष्टमा यस वर्षभने सर्वसहमतिमा नेतृत्व चयन गरिएको विद्यालयका अतिरिक्त कृयाकलाप इन्चार्ज राजन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुशार यो सँगै कक्षा २ देखि १० सम्मका हरेक कक्षाका लागि मनिटर र भाईस मनिटर तथा प्रत्येक हाउसका लागि हाउस क्याप्टेन र भाईस क्याप्ेटन पनि चयन गरिएको छ ।

यस्तै विद्यालय भित्र रहेका विभिन्न कलवका लािग समेत क्याप्टेन र भाइस क्याप्टेन चयन गरि सवैलाई आ–आफ्नो कर्तब्य र जिम्मेवारीका विषयमा अभिमुखिकरण तालिम दिइएको छ । विद्यार्थीहरुको पढाईका अतिरिक्त नेतृत्व विकास, अनुशासन र जिम्मेवारीबोध गराउनका लागि नेतृत्व चुन्ने र चुनिने अभ्यास गराइएको विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्