मोरङ काँग्रेस सभापतिमा पुनः डिगबहादुर लिम्बू

<span class='c1'>मोरङ काँग्रेस सभापतिमा</span> <span class='c2'>पुनः डिगबहादुर लिम्बू</span>

विराटनगर । नेपाली काङ्ग्रेस मोरङ जिल्लाको सभापति पदमा डा. शेखर कोइराला पक्षका डिगबहादुर लिम्बू दोस्रो पटक विजयी भएका छन्। देउवा क्याम्पका प्रत्याशी दिलीप गच्छदारलाई ४ सय ८१ मतले पछि पार्दै लिम्बू दोस्रो पटक जिल्ला सभापतिका पदमा निर्वाचित भएका हुन्।

निर्वाचन परिणामअनुसार लिम्बूले १ हजार ९ सय ६ मत र प्रतिद्वन्द्वी गच्छदारले १ हजार ४ सय २५ मत प्राप्त गरेका छन्।
मङ्गलबार दोस्रो चरणमा भएको जिल्ला सभापतिका चुनावमा सभापति लिम्बू विजयी भएका हुन्। यसअघि आइतबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका ३ प्रत्याशीमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि मङ्गलबार दोस्रो चरणको निर्वाचन भएको थियो।

लिम्बू यसअघि पनि पार्टीको मोरङ जिल्ला सभापति नै थिए। उनी २०७२ माघ २५ गते पहिलो पटक जिल्ला सभापति चुनिँदा देउवा क्याम्पबाट जितेका थिए। तर विगत ३ वर्षदेखि उनी कोइराला क्याम्पमा छन्।
लिम्बूलाई जिताउन केन्द्रीय सभापतिका उम्मेदवार डा. शेखर कोइराला र रक्षा मन्त्री डा. मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य महेश आचार्य विराटनगरमै बसेका थिए।
त्यस्तै गच्छदारलाई जिताउन पार्टीका केन्द्रीय सदस्य अमृत अर्याल र राष्ट्रिय सभा सदस्य रमेशजङ्ग रायमाझी सक्रिय थिए।
जिल्ला कार्यसमितिका अन्य पदाधिकारी र सदस्यको मतगणना जारी रहेकोे मोरङ काङ्ग्रेसले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्