‘बीपीको आर्थिक विचार’ सार्वजनिक

<span class='c1'>‘बीपीको आर्थिक</span> <span class='c2'>विचार’ सार्वजनिक</span>

काठमाडौँ । अर्थविद् तथा नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालद्वारा लिखित ‘बीपीको आर्थिक विचार’ कृति बुधबार सार्वजनिक भएको छ ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशनको सँघारमा डा. नेपालद्वारा लिखित कृति सार्वजनिक भएको छ । कृतिमा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले लिनुभएका आर्थिक सिद्धान्त, नीति तथा विचारको सूूक्ष्म व्याख्या समेटिएको छ ।

बीपी कोइरालाले भारत र चीनबीचको हाम्रो मुलुक नेपालले लिनुपर्ने आर्थिक नीति समयसापेक्ष परिवर्तन हुनुपर्ने धारणा राख्नुभएको कृतिमा उल्लेख छ । कृति उद्योगपति विनोद चौधरीले लोकार्पण गर्नुभएको हो ।

डा. नेपालले भन्नुभयो, “नेपाली काँग्रेसभित्र आर्थिक नीतिमा विचलन त आएको होइन ? कम्युनिस्ट र काँग्रेसको आर्थिक नीतिमा के फरक छ ? भन्ने द्विविधामा आम नेपाली काँग्रेसका कार्यकर्ता रहेकाले त्यसलाई चिर्न पुस्तकका रूपमा ल्याउनु परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्