राहत शिक्षकलाई निष्काशन गरेको विरोध

राहत शिक्षकलाई निष्काशन गरेको विरोध

विराटनगर/ ९ भदौ । नेपाल राहत शिक्षक समितिले विद्यालय व्यवस्थापनको एकलौटी निर्णयमा भाथिगछ स्थित राम जानकी प्राविका राहत शिक्षकलाई निष्काशित गरिएको घटना प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विहिबार समितिले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।
राम जानकी प्राविका शिक्षक सुनिल मण्डललाई विद्यालय व्यवस्थापनले अप्रजातान्त्रिक तरिकाले निस्काषण गरेको समितिको आरोप छ । समितिका सचिव कञ्चन मण्डल र संयोजक हेमचन्द्र भण्डारी हस्ताक्षरित विज्ञप्तीमा विद्यालय व्यवस्थापन समितिले आफ्नो निर्णय नसच्याए आफुहरु कडा संघर्षमा उत्रिने उल्लेख छ ।
त्यसै गरि राहत शिक्षक समितिको शुक्रबार महेन्द्र मावि विराटनगरमा बैठक बसेको छ । समितिको सचिवालय संयोजक हेमचन्द्र भण्डारीको अध्यक्षतामा बसेको उक्त बैठकले नेपाल सकारले घोषणा गरे अनुरुपको तलब बृद्धि हुुनु पर्ने , पोशाक भत्ता पाउनु पर्ने, राहत शिक्षकलाई स्थायी गरिनु पर्ने लगायतका मागहरु राखि आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत समितिले भदौको तेस्रो साता बृहत अन्तरक्रिया आयोजना गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्