ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता तथा ग्राहक सचेतना अभियान सम्पन्न

<span class='c1'>ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता</span> <span class='c2'>तथा ग्राहक सचेतना अभियान सम्पन्न</span>

विराटनगर । ग्लोबल आईएमई बैंक लिमिटेडको दुई दिवसीय देशव्यापी वित्तीय साक्षरता तथा ग्राहक सचेतना अभियान सम्पन्न भएको छ ।

बैंकले सोमबार र मङ्गलबार विराटनगर पोखरियास्थित सफल बैंक्वेटमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । बैंकले सोमबार दिनको ३ देखि ६ र मङ्गलबार बिहानको ८ देखि ११ बजेसम्मका लागि कार्यक्रम आयोजना गरेको थियो । ग्राहकहरुलाई बैंकको डिजिटल प्रोडक्ट्सको बारेमा जानकारी दिन तथा उनीहरुलाई साक्षर बनाउन कार्यक्रमको आयोजना गरिएको बैंकको तिनपैनी शाखा प्रमुख राजेश बिष्टले बताए । उनले कार्यक्रममा उक्त प्रोड्क्टसहरु डिजिटल प्लाटफर्ममा डाउनलोड, अपरेट र सुरक्षित तरिकाले प्रयोग गर्ने तरिका बारे समेत बताईएको जानकारी दिए ।

कार्यक्रममा भने बैंकको कर्पोरेट अफिस काठमाडौंबाट कमला ओझा र बेनरजन ढुंगाना सहित प्रदेश कार्यालयका निश्चल अधिकारी, विराटनगरको ट्राफिक चोक शाखा प्रमुख मुकेश साह, शनिमन्दिर शाखा प्रमुख ढुण्डीराज भट्टराई तथा कञ्चनबारी शाखा प्रमुख सुमन संग्रौला लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्