सैलुन व्यवसायमा महिला

<span class='c1'>सैलुन व्यवसायमा</span> <span class='c2'>महिला</span>

तेजन खड्का
उर्लाबारी कात्तिक ९ गते ।
मोरङको उर्लाबारीस्थित आइतवारेमा चोकमा हेयर कटिङ (सैलुन) व्यवसाय सञ्चालन गरिहनुभएकी हेमन्ती ठाँकुरले आफ्नो व्यवसायबाट सन्तुष्टि रहेको बताएकी छिन् । चुल्होचौको र मेलापातको काममा व्यस्त देखिने नेपाली समाजका कतिपय महिलाका लागि ठाँकुरले सुरु गर्नुभएको सैलुन व्यवसाय उदाहरणीय काम बन्न पुगेको छ । सामान्यतयाः सबै ठाउँमा पुरुषले मात्रै गर्ने देखिएको हेयर कटिङको काम महिलाले गरिरहेको देख्दा समाजका कतिपय महिला–पुरुषका लागि अनौठो र अस्वाभाविक काम जस्तै लाग्ने गरेको स्थानीयको बुझाइ छ । पुरुषको दाह्री, जुँगा र कपाल काट्ने काम महिलाका लागि सुहाउँदैन भनेर आफूलाई जिस्क्याउने र हेयको दृष्टिले हेर्ने महिला फेला पर्ने गरे पनि आफूले त्यस्ता भनाइको वास्ता नगरी व्यवसाय गर्नमा कुनै हिनताबोध नभएको उनले बताइन् ।

पुरुषले गर्ने काम महिलाले किन गर्न नहुने भन्ने प्रश्न गर्दै उहाँले हेयर कटिङको काम गर्दा रमाइलो लागेको अनुभव सुनाइन् । सिलाइकटाइको तालिमसमेत लिएकी हेमन्तीले सिलाइकटाइको तुलनामा सैलुन व्यवसाय निकै सहज र फाइदाजनक रहेको बताइन् । “कपाल काट्ने, दाह्री काट्ने, अनुहार मसाज गर्ने, फेसवास गर्नेलगायतका सबै काम गर्छु, ठाँकुरले गर्वका साथ भनिन्, कपाल र दाह्री काट्न आउने कतिपय सभ्य र बुझेका व्यक्तिले त महिलाले पनि राम्रोसँग कपाल काट्ने रहेछ भनेर खुसी हुँदै तोकिएभन्दा बढी रुपैयाँ दिएर जान्छन् । उनि जिल्लामै हेयर कटिङको व्यवसाय गर्ने सम्भवतः पहिलो महिला हुन ।

सामान्यतः मधेसी समुदायका महिलाहरू पुरुषले सम्हाल्दै आएको ‘परम्परागत पेशा’मा हात हाल्दैनन् । तर, हेमन्ती ठाकुर अपवाद मात्र होइन, उदाहरणीय नै बनेकी छिन् । जसले लिङ्गभेदकै कारण आफूले जानेको सीपलाई दबाएर राख्न नहुने दलिल पेश गरेकी छिन् । सुरुसुरुमा चाहिँ केटा मान्छेको कपाल दाह्री काट्दा असजिलो लागेको पनि उनले स्मरण गर्न भ्याइन् । उर्लाबारीमा सैलुन चलाउँदै आएका श्रीमान् सोनी ठाकुर वैदेशिक रोजगारीमा गएपछि हेमन्तीले ४ वर्षयता पतिको ‘बिडो’ थाम्दै आएकी हुन् । पतिकै सहयोगमा कपाल र दाह्री काट्ने सीप सिकेको पनि उनको भनाइ छ । श्रीमान्) विदेश गएपछि पतिकै पेशालाई निरन्तरता दिएकी हेमन्तीको तीन लालाबाला छन् । हेमन्तीले आफ्नो कमाइले घर खर्च चलेको उल्लेख गर्दै श्रीमान्ले पठाएको
‘रेमिट्यान्स’ लाई वचत गर्ने
गरेको बताउँछिन् ।

हेमन्तीले साहसी र व्यावसायिक महिलाको काम गरेकी छन्—‘स्थाानिय शिक्षिका फरिदा घिमिरेले भनिन्,‘सामाजिक विभेद अन्त्यका लागि पनि उनले अंगालेको अभियानलाई सम्मान गरिनुपर्छ । घिमिरे भन्छिन्—चुलोचौकामा सिमित महिलाहरूले हेमन्तीबाट पाठ सिक्नुपर्छ । कपाल नै काट्नु पर्छ भन्ने छैन् । सामाजिक रुपमा अपमानित हुने डरले महिलाहरूले घरबाहिर निस्कनै नसक्ने यस क्षेत्रमा एक्लै महिलाले साहस गरेको उदाहरणीय भएको भन्दै हेमन्तीलाई बिभिन्न संघ संस्थाले पनि सम्मान गरेको छ । आफुले महिनामा १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको हेमन्तीको भनाई छ । कैयौं युवा विदेश गएर रित्तो हात फर्केका छन्, कोही गाउमै बेरोजगार छन्, उनीहरुलाई पनि आफ्नै ठाँउमा सिप सिकेर केहि गरौ भन्न चाहान्छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्