विराटनगर । विराटनगर–१२ लक्ष्मीनारायण टोलबाट अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिने तीन हजार १०० लिटर कच्चा पदार्थ प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय (क) विराटनगरको टोलिले मदिरा बनाउन प्रयोग गरिने २८ थान भाडा वर्तन समेत बरामद गरेको हो ।
प्रहरीले उत्पादन गर्ने घरमा छापा हानेर १८० लिटर रक्सी समेत बरामद गरेकोछ । बरामद मदिरा तथा भाँडावर्तन आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाइएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।