नेपाली काँग्रेसको १४ औँ महाधिवेशन समावेशी मधेशी क्लस्टरका नौ केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक

<span class='c1'>नेपाली काँग्रेसको १४ औँ महाधिवेशन समावेशी मधेशी</span> <span class='c2'>क्लस्टरका नौ केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक</span>

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत समावेशी मधेशी क्लस्टर तर्फको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ ।

मधेशी क्लस्टरमा पाँच केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसका विधानमा छ । अन्तिम मत परिणाम अनुसार अजय चौरसिया दुई हजार ५२२ ,विनोद चौधरी दुई हजार २०६ ,चन्द्रमोहन यादव दुई हजार १३८ ,महेन्द्रकुमार राय एक हजार ९८४ र दिनेशकुमार यादवले एक हजार ९५९ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । नव निर्वाचित केन्द्रीय सदस्य चौधरी प्रसिद्ध उद्योगपति हुनुहुन्छ । चन्द्रमोहन भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवका छोरा हुनुहुन्छ ।

मधेशी महिलातर्फ चार केन्द्रीय सदस्य निर्वाचित

मधेशी महिलातर्फ मुक्ताकुमारी यादव तीन हजार ९६९, मिनाक्षी झा तीन हजार १२, मञ्जुकुमारी यादव दुई हजार ८८३ र नागिना यादव दुई हजार ८४६ मत ल्याएर विजयी हुनुभएको समितिले जनाएको छ । गत मङ्सिर २७ गते पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको ७२ जनाको मत परिणाम सार्वजनिक भएको छ । समावेशीतर्फका बाँकी ६२ केन्द्रीय सदस्यको मत परिणाम पनि बुधबारसम्म सार्वजनिक गर्ने गरी मत गणना भइरहेको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्