विराटनगरको काली मन्दिरको बाहिरीस्वरुप परिवर्तन हुँदै, तीनहजार केजी तामाले सजावट गरिने

<span class='c1'>विराटनगरको काली मन्दिरको बाहिरीस्वरुप परिवर्तन हुँदै,</span> <span class='c2'>तीनहजार केजी तामाले सजावट गरिने</span>

विराटनगर । विराटनगर मेनरोडमा रहेको काली मन्दिरको बाहिरी भागको स्वरुपलाई परिर्वतन गरिने भएको छ । विराटनगरको महत्वपूर्ण शक्तिपीठलाई मन्दिर व्यावस्थापन समितिले बाहिरी भागहरुमा शुद्ध तामाले सजावट गर्ने भएको हो ।

वि.सं. १९६० सालमा स्थपना भएको काली मन्दिरको तीन तहको छाना वरिपरी तामाले सजावट गरि गोल्डेन कलरले रङ्गाउने काली मन्दिर व्यावस्थापन समिति अध्यक्ष डा. मिनाक्षी नेपालले जानकारी दिनुभयो । प्रदेशको राजधानी विराटनगरमा रहेको काली मन्दिरलाई नेपाली मौलिक पन झल्किने आकृतिहरु तामामा खोपेर मन्दिरको वरीपरी सजावट गरिने नेपालले बताउनुभयो । उहाँका अनुसार मन्दिरलाई २ चरण अन्तर्गत काम गरिने छ । पहिलो चरणमा बाहिरी भागलाई तामाले सजावट गर्ने दोस्रो चरण अन्तर्गत भित्री भागको स्वरुपलाई पनि परिपर्तन गरिनेछ ।

पहिलो चरणमा जम्मा ६० लाख खर्च लाग्ने व्यावस्थापन समितिकी अध्यक्ष नेपालले बताउनुभयो । सुरुमा शुद्ध तामाले सजाउने र त्यसपछी १०–१२ बर्षसम्म रङ्ग नउढ्ने किसिमको गोल्डेन कलरको रङ लगाईने छ । काठमान्डौबाट अनुभव प्राप्त ईन्जिनियरलाई झिकाएर १० कालिगडले अहिले मन्दिरलाई एक हप्ता अगाडीदखी बाहिरीभाग सजावट गर्दैछन् ।
पहिलो चरण अन्र्तगत मन्दिरमा ३ हजार किलो तामा प्रयोग गरिएको ईन्जिनियर रवि झोच्छेले जानकारी दिनुभयो । ‘शुद्ध तामामा विभिन्न मौलिकता झल्किने बुट्टाहरु कोरेर मन्दिरको तीन वटै तहका छानाको विटहरुमा लगाउनेछौ । झोच्छेले भन्नुभयो ‘त्यसपछि पुनः गोल्डेन रङले रङ्गाउनेछौ ।’ १० देखी १२ बर्षसम्म यो रङ्ग उड्दैन ।

तत्तकालिन मोरङको सदरमुकाम रंगेलीबाट विराटनगर सर्नुभन्दा अगाडि वि.सं. १९६० सालको दशकतिर यहाँको काली मन्दिर स्थापना गरिएको मानिन्छ । यसभन्दा अगाडि अहिलेको काली मन्दिर छेउमा नै रहेको पिपलको फेदमा कालीको मूर्ति रहेको र त्यसैमा कालीको पूजा गरिने चलन रहेको विराटनगर सम्वन्धी लेखिएको ऐतिहासिक लेखमा पाइन्छ ।
प्रारम्भमा यो मन्दिर सामान्य स्वरूपको थियो, जसमा टिनको छाना हाली सानो एकतले मन्दिर निर्माण गरिएको पाइन्छ । पछि वि.सं. २००० सालतिर एक जना भक्तले सुर्तिचुना र इँटाको प्रयोग गरी केही ठूलो स्वरूपको काली मन्दिर पुनर्निर्माण गराएका थिए ।

त्यसताका यहाँ पित्तलको मूर्ति चढाइएको थियो । त्यसताकाको सो मूर्ति जीर्ण भएकोले नयाँ मूर्ति ल्याइएको र पूरानो मूर्ति भने हालको मन्दिरको तल्लो तलामा राखिएको छ । हाल आएर मन्दिरको माथिल्लो तलामा राखिएको कालीको नयाँ मूर्तिमा नै नित्य रूपमा पूजाआजा हुने गरेको छ ।
अहिलेको मन्दिर भने स्थानीय बासिन्दाहरूले वि.सं. २०५३ सालमा निर्माण गराएका हुन् । विराटनगरको काली मन्दिरमा दैनिकी जसो श्रद्धालुहरुको आउने गर्दछन् । विशेष गरी दशैंको नौरथाको समयमा भने भक्तहरूको ठूलो भीड लाग्ने गरेको पाइन्छ । दुर्गा सप्तशती पाठ गर्ने, जमरा राख्ने र पशुवली दिने उपयुक्त समय नौरथा नै मानिन्छ । बजारको बीचमा रहेको हुनाले पनि यहाँ बढी श्रद्धालुभत्तजनहरु जाने गरेका छन् । विशेष गरी शनिबार भक्तहरूको बढी उपस्थिति रहने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्