चिकित्सा शिक्षा आयोगले भन्यो–अतिरिक्त शुल्क लिन पाइदैन

<span class='c1'>चिकित्सा शिक्षा आयोगले भन्यो–अतिरिक्त</span> <span class='c2'>शुल्क लिन पाइदैन</span>

विराटनगर । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजहरुले शिक्षण शुल्क बाहेकका अन्य कुनैपनि शिर्षकमा अतिरिक्त शुल्क लिन नपाउने बताएको छ । आयोगको योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशालयले आज शुल्क सम्बन्धमा स्पष्ट पार्दै मेडिकल कलेजले विद्यार्थीबाट लिदैं आएको शिक्षण शुल्क बाहेक अन्य शिर्षकका शुल्क लिन पाउने जानकारी गराएको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २ (थ) बमोजिम शिक्षण संस्थाले चिकित्सा शिक्षाको अध्ययन अवधिभरमा लिने भर्ना, पुस्तकालय, सामुदायिक तालिम, वा परीक्षा शुल्क लाई बुझाउने शिक्षण शुल्क भन्नाले विश्वविद्यालय रजिष्ट्रेशन, आन्तरिक तथा विश्वविद्यालय परीक्षा शुल्क, फरेन्सिक पोष्टिङ, फिल्ड भिजिट, इन्टर्नसीप, आवेदन र सम्बन्धन शुल्कलाई बुझाउने उल्लेख गरिएको छ । विद्यार्थीहरुको पढाई पुरा गर्न आवश्यक पर्ने शैक्षिक क्रियाकलापजन्य शुल्क समेत समावेश भएकोले थप शुल्क लिन नपाउने स्पष्ट पारिएको छ ।

यसैगरी काउन्सिल शुल्क विद्यार्थी आफैं र होस्टेल तथा मेस शुल्क विद्यार्थीको ऐच्छिक हुने पनि स्पष्ट पारेको छ । नोबेल मेडिकल कलेजले विद्यार्थीबाट विभिन्न शिर्षकमा रकम लिएको विषय जिल्ला प्रशासन कार्यालय मोरङ हुँदै चिकित्सा शिक्षा आयोगसम्म पुगेपछि आयोगले सूचना जारी गरेर स्पष्ट पारेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मंगलबार नै नोबेल मेडिकल कलेज प्रशासनसँग छलफलपछि निष्कर्ष निकाल्न बाँकी रहेका विषयमा आयोगमार्फत नै स्पष्ट पारिदिन पत्राचार गर्नु भएको थियो । लगतै आयोगले सूचना जारी गर्दै विद्यार्थीले उठाउँदै आएको मागको सम्बोधन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्