श्रीमानकाे कुटपिटबाट श्रीमतीको मृत्यु

<span class='c1'>श्रीमानकाे कुटपिटबाट</span> <span class='c2'>श्रीमतीको मृत्यु</span>

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमानकाे कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमानकाे कुटपिटबाट मङ्गलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो ।

प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार बिष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राईलाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताउनुभयो ।

यस्तै मङ्गलबार खाँदबारी नगरपालिका–११ मा जीवन दर्जीको कुटपिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जीको मृत्यु भएको छ । दुवै जनाबीच विवाद हुँदा कुटपिटबाट चन्द्रबहादुर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा जीवनलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्