अपाङगता भएकाहरुलाई ‘द ल्याप्रोसी मिशन नेपाल’ को फाउण्ड परियोजनाले स्वरोजगार बनाउदै

<span class='c1'>अपाङगता भएकाहरुलाई ‘द ल्याप्रोसी मिशन नेपाल’</span> <span class='c2'>को फाउण्ड परियोजनाले स्वरोजगार बनाउदै</span>

विराटनगर । सिप र उर्जा भए पनि पुजिको अभावमा विराटनगर–१७ का मोहमद नसिम आलमले व्यवसाय संचालन गर्न सकिरहेका थिएनन । पढाइमा व्याचलर गरेपनि व्यवसायका लागी रकम नहुदा के गर्नु के नर्गनु जस्तो उनमा भान भइरहेका थियो । अपांङगता भएका व्यक्तिहरुलाई ‘द ल्याप्रोसी मिशन नेपाल’ को फाउण्ड परियोजनाले स्वरोजगार बनाउने अभियान शुरु गरेको उनले थाहा पाए र परियोजनासंग जोडिए परियोजनावाट विउपुजीको रुपमा २३ हजार ५ सय रुपैया उनले पाए ।


सो रकम लिएर आलमले मोवाईल रिपेरिङ पसल शुरु गरे । ९ महिना अघि शूरु गरेको सो पसलवाट अहिले मासिक १५ हजार रुपैया कमाउने गरेको र त्यसैवाट जिवनयापन सहज भएको उनले सुनाए । युवा उमेरमा रोजगारी नपाइरहेको अवस्थामा परियोजनाले आफुलाई स्वरोजगार वनाएको उनले वताए ।
परियोजना संचालनमा आएपछि आलम जस्तै अपांगता भएका व्यक्तिहरु रोजगारी पाएका छन् भने धेरैले विउपुजी लिएर व्यवसाय समेत संचालन गरि रहेका छन । परियोेजनाले मंगलवार विराटनगरमा गरेको वार्षिक प्रगती प्रतिवेदन सार्वजनिक कार्यक्रममा दिएको जानकारी अनुसार मोरङ र सुनसरी जिल्लाका अपाङगता भएका ७२ जनाले परियोजनावाट विउपुजी लिएर व्यवसाय संचालन गरिरहेका छन् ।
त्यस्तै परियोजना मार्फत तालिम लिएका ३१ जना अपाङगता भएकाहरु औपचारिक रुपमा रोजगारमा जोडिएको ७६ जनाले विभिन्न प्रकारको तालिम लिएर व्यवसाय संचालन गरिरहेको छन् ।
९ जनाले सहायक सामाग्री पाएका छन । त्यस्तै २ सय ३९ जनाले परियोजनावाट सेवा लिएको र रोजगारसंग जोडिएका व्यक्तिहरुको कामवाट १५ जनााभन्दा वढि रोजगारदाता सन्तुष्ट भएको वार्षिक प्रतिवेदनमा जानकारी गराइएको छ ।
परियोजनाका प्रदेस न १ का मेनेजर विपिन दासले डेढवर्ष देखि संचालन भएरहेका परियोजनाले अपांगता भएका व्यक्तिहरुलाई संपागता भएका व्यक्तिसरह रोजगारीको अवसर दिलाउन परियोजना सफल भएको दावी गर्नुभयो ।
अहिले पनि मोरङ र सुनसरीमा संचालित उधोग व्यवसाय तथा गार्मेन्टबाट रोजगारीका लागी ५० भन्दा बढि व्यक्तिहरुको माग आएको र त्यसका लागी जनशक्तिहरुलाई तालिम दिने काम परियोजनाले गरिरहेको बताउनुभयो ।
होटल अस्पताल तथा विद्यालयहरुमा पनि अपांगता भएका व्येक्तिहरुलाई रोजगारीको अवसर प्रदान गर्नु आवश्यक रहेको दासले बताउनुभायो ।
परियोजनामा हाल सम्म रोजगारी लागी २ सय ३९ जना सुचिकृत भएका छन् । परियोजनाले ४ सय ५० भन्दा बढिलाई रोजगार प्रदान गर्ने र व्यवसायसंग जोडने लक्ष्य लिएको छ । यो कार्यक्रममा परियोजना संग राष्ट्रिय अपांग महासंघ र नेपाल उधोग वाणिज्य महासंघले सहकार्य गरिरहेका छन् ।
कार्यक्रममा बोल्नुहुदै सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महासाखा प्रमुख दर्गा भण्डारी बराल , इन्सेकका प्रमुख सोमराज थापा, होटल संचालक राजन श्रेष्ठ, पत्रकार महासंघ मोरङका अध्यक्ष संजिव खनाल व्यवसायी राधारमण भण्डारी लगायतले परियोजनाले गरेको कामप्रती आफुहरु सन्तुष्ट रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्