विराटनगरको ‘स्काई लाउन्ज एण्ड ग्रिल’मा द एक्स व्याण्डको लाईभ म्युजिक कन्सर्ट हुने

<span class='c1'>विराटनगरको ‘स्काई लाउन्ज एण्ड ग्रिल’मा द</span> <span class='c2'>एक्स व्याण्डको लाईभ म्युजिक कन्सर्ट हुने</span>

विराटनगर । विराटनगर हाटखोलामा रहेको आरके सिटी सेन्टरको माथी तल्लामा रहेको ‘ स्काई लाउन्ज एण्ड ग्रिल’ मा ‘द एक्स व्याण्ड’ को साँगितक साँझ हुने भएको छ ।

‘एउटा चिठीको साहारा’ले भन्ने गीतबाट चर्चा कमाएको ‘द एक्स व्याण्ड’ युवा पुस्ताको लागी लोकप्रिय बन्दै गएको व्याण्डले बिहीबार साँझ आफ्नो प्रस्तुती दिने भएको दिने छ ।


विराटनगरका साँगितीक पारखीहरुको लागी छुटै माहोल बनाउनको लागी ‘द एक्स व्याण्ड’ लाई स्काई लाउन्ज एण्ड ग्रिलले ल्याउने तयारी गरेको छ । ‘द एक्स व्याण्ड’मा राज भन्डारी, सुरेन्द्र श्रेष्ठ र शिव सुनवार लगायतको मिल्दो टिम रहेको छ । बेलुका ६ बजेदेखी राती १० बजे सम्म हुन लागेको लाईभ म्युजिक कन्सर्टको होष्टिङ अनुपमा बास्तोलाले गर्ने भएकी छिन् ।

पछिल्लो समय विराटनगरमा साँगितिक साँझका कार्यक्रमहरु एकपछि अर्को हुदै आएको छ । केही दिन अगाडी विराटनगर बरगाछीमा रहेको कार्पेडियममा ‘कबवेब’ व्याण्डको लाईभ कन्सर्ट रहेको थियो भने बुधबार साँझको लागी सुगम पोखरेललाई निम्ताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्